0
Shares

गायक कर्णराज गिरी र गायिका एलिना चौहानको युगल स्वरमा ‘मनमा फूल्ने माया’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा सन्तोष जंग थापाको शब्द, मनोज डंगोलको संगीत रहेको छ भने एरेन्ज तथा मिक्सिङ र मास्टरिङ मनोज डंगोलले नै गरेका हुन् ।
यस्तै गीतको भिडियोमा राज आरएस कार्की र एलिसा न्यौपानेले अभिनय गरेका छन् ।
भिडियोमा राज र एलिसाले एकअर्कालाई गर्ने मायाको कथा प्रस्तुत गरिएको छ । सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोमा राज र एलिसाको जोडी प्रेमिल देखिएको छ ।
निराजन केसीको क्यामरा, ड्रोन, सम्पादन र कलर, अनिताको मेकअप तथा हेमन्त लामिछानेको कोरियोग्राफी भिडियोमा रहेको छ ।
भिडियोलाई जगत रेग्मीले निर्देशन गरेका हुन् । हरि शर्मा गीतका प्रस्तुतकर्ता हुन् ।