नवलपरासीको गैंडाकोटमा छोराको हत्या आरोपमा बाबु पक्राउ

0 Shares

नवलपरासीको गैंडाकोटमा छोराको हत्या गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गैंडाकोट नगरपालिका–१५ निवासी ६३ वर्षीय डम्बर गिरी रहेका छन्। उनले ४३ वर्षीय आफ्नै छोरा शंकर गिरीको हत्या गरेको आरोप प्रहरीले लगाएको छ।

प्रहरीका अनुसार घरायसी विवादका क्रममा डम्बर गिरीले छोरामाथि धारिलो हतियार (खुर्पा) प्रहार गरेका थिए। गम्भीर घाइते भएका शंकर गिरीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले आरोपित बाबुलाई पक्राउ गरी कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार

सबै