बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

0 Shares

काठमाडौं महानगरपालिका–७ स्थित सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा बा ७१ प ९७४१ नम्बरको मोटरसाइकल चालक पाँचथरको याङवरक गाउँपालिका–६ निवासी २२ वर्षीय सुशन योङहाङ रहेका छन्। मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्।

शनिबार बेलुका भएको दुर्घटनामा गम्भीर घाइते भएका योङहाङको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

सबै