नेपाली बजारमा Pure Derma को औपचारिक प्रवेश, १५ स्किनकेयर उत्पादन एकसाथ सार्वजनिक

0 Shares

ललितपुर । युरोपेली स्किनकेयर तथा पर्सनल केयर ब्रान्ड Pure Derma ले नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। कम्पनीले सोमबार ललितपुरस्थित रोयल टुलिप होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्ना १५ वटा उत्पादन एकसाथ सार्वजनिक गरेको हो।

कार्यक्रममा Pure Derma नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पाठकले कम्पनीको नेपाली बजारमा औपचारिक आगमनबारे जानकारी दिँदै नेपाललाई सम्भावनायुक्त बजारका रूपमा छनोट गरिएको बताए। उनले गुणस्तरीय तथा वैज्ञानिक रूपमा परीक्षण गरिएका स्किनकेयर उत्पादनप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै ब्रान्डलाई नेपालमा विस्तार गरिएको उल्लेख गरे।

Pure Derma Officially Enters Nepal, Launches 15 Skincare and Personal Care Products

पत्रकार सम्मेलनमा कम्पनीले विभिन्न स्किनकेयर तथा पर्सनल केयर उत्पादनहरू सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएका उत्पादनहरूमा Clariderma Acne Face Wash, Derma Botox Cream, HAFO Hand & Foot Cream, NUS Kids Cream SPF 25+, Nutique Collagen Night Wrapping Mask र Pure Baby Cream लगायत रहेका छन्। कम्पनीका अनुसार यी उत्पादनहरू विभिन्न उमेर समूह तथा छालाका फरक–फरक आवश्यकतालाई लक्षित गरी विकास गरिएको हो।

 

सीईओ पाठकले Pure Derma का उत्पादनहरू गुणस्तर, वैज्ञानिक परीक्षण, प्रभावकारिता तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा बजारमा उपलब्ध अन्य ब्रान्डभन्दा फरक रहेको दाबी गरे। उनले नेपाली उपभोक्ताको आवश्यकता र विश्वासलाई केन्द्रमा राखेर उत्पादनहरू बजारमा ल्याइएको बताए।

उनले कम्पनीका उत्पादनहरू देशभरका आधिकारिक बिक्री केन्द्र तथा वितरण सञ्जालमार्फत उपलब्ध हुने जानकारी दिँदै निकट भविष्यमा देशव्यापी पहुँच विस्तार गर्ने योजना रहेको पनि बताए।

कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले उत्पादनहरूको विशेषता, प्रयोग विधि तथा उपभोक्ताले प्राप्त गर्ने लाभबारे प्रस्तुति दिएका थिए। कार्यक्रममा सञ्चारकर्मी, सौन्दर्य तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

१५ वटा उत्पादनको एकसाथ सार्वजनिकरणसँगै Pure Derma ले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका स्किनकेयर तथा पर्सनल केयर समाधान उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै