‘फिरफिरे फिरिरी’को नयाँ रिलिज मिति घोषणा, माघ ४ मा हुने भयो रिलिज

0 Shares

रिलिजको निकट मिति पुगेर पर्याप्त शो नपाउने भएपछि रिलिज स्थगीत गरेको हरर कमेडी ‘फिरफिरे फिरिरी’ले आफ्नो नयाँ रिलिज मिति घोषणा गरेको छ।

नयाँ पोस्टर सार्वजनिक गर्दै उसले आफ्नो नयाँ रिलिज मिति तोकेको हो।

बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको सिनेमालाई मनोजकुमार अधिकारीले निर्माण गरेका हुन् भने नितिश पुन यसका सह-निर्माता हुन्।

अधिकारीले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ सिनेमा निर्माण गरिसकेका छन् ।यी सिनेका उनी मुख्य अभीनेतासमेत हुन् ।

सन्दिप श्रेष्ठ र नबिन भट्टको संयूक्त लेखन रहेको सिनेमा निर्देशक नविन भट्ट हुन् ।

यो सिनेमाबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु हुँदैछन्। निर्देशक भट्टको पनि यो डेब्यू निर्देशन हो ।

सिनेमामा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती,रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय छ ।

जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी,एलिस कार्कीको ब्याकराउण्ड म्युजिक,प्रशान्त सिवाकोटीको संगीत,अमित श्रेष्ठको साउण्ड डिजाइन रहेको सिनेमामा अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन छ।

सिनेमालाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ।

यस्तै सिनेमाको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।

 

 

सम्बन्धित समाचार

सबै