दिल श्रेष्ठ भन्छन्– चुनौतीलाई अवसरमा रूपान्तरण गरेको छु

0 Shares

भिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा निर्माण भइरहेको नेपाली फिल्म ‘माया भनेकै यस्तो होला’ मा बलियो कलाकार टोली समावेश भएको छ। आठ वर्षपछि निर्देशनमा फर्किएकी रेखाको यस नयाँ प्रोजेक्टमा मदनकृष्ण श्रेष्ठदेखि सृष्टि श्रेष्ठसम्मका चर्चित कलाकारहरू देखिने भएका छन्।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, दिल श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्मका प्रमुख नायक दिल श्रेष्ठ हुन्। यो उनको तेस्रो कथानक फिल्म हो। उनले यसअघि पनि रेखा थापासँग सहकार्य गरिसकेका छन्। ६ वर्षअघि प्रदर्शनमा आएको ‘हिरो रिटर्न्स’ मा उनी रेखासँगै देखिएका थिए भने उनको डेब्यु फिल्म ‘पर्खि राख है’ (२०११) हो।

बीचका केही वर्ष फिल्मबाट टाढा रहे पनि निरन्तर अपडेट रहेको बताउँदै दिल श्रेष्ठले यसपटक आफू अझ परिष्कृत रूपमा प्रस्तुत भएको बताएका छन्। उनले अनुभवी कलाकार र बलियो टिमसँग काम गर्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको उल्लेख गर्दै मदनकृष्ण श्रेष्ठ र रेखा थापासँग स्क्रिन सेयर गर्नु चुनौतीपूर्ण तर प्रेरणादायी अनुभव भएको बताएका छन्।

‘माया भनेकै यस्तो होला’ अहिले पोस्ट–प्रोडक्सन चरणमा छ। फिल्म आगामी भदौ २६ गते तीजको अवसर पारेर देशभर प्रदर्शनमा आउनेछ। फिल्मको वितरण जिम्मा रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन्।

रेखा थापाले यसपटक आफ्नो ब्यानर ‘रेखा फिल्म्स’ बाहिर रहेर फिल्म निर्देशन गरेकी हुन्।

‘दिया एण्ड अमु फिल्म्स’ को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन्।

फिल्मको पटकथा ध्रुव लम्सालले लेखेका हुन्। उनले प्रेमकथामार्फत सामाजिक भावना र परिवेशलाई प्रस्तुत गरिएको बताएका छन्।

फिल्ममा सुदीप बरालको छायांकन, अनिरुद्ध आत्रेयको प्रमुख सहायक निर्देशन, राजन घिमिरेको फिल्म संयोजन, प्रशान्त सिवाकोटीको संगीत, सुजेनी मल्लको ड्रेस डिजाइन, प्रिया कार्कीको मेकअप तथा चुडामणि प्रोडक्सन व्यवस्थापन रहेको छ।

सम्बन्धित समाचार

सबै