काठमाडौं — नेपाली चलचित्र क्षेत्रका अग्रणी अभिनेता धिरेन शाक्य र लोकप्रिय अभिनेत्री प्रियंका कार्कीले लाजिम्पाट–उत्तरढोकामा सञ्चालनमा आएको १६टी रेस्ट्रो एण्ड बारको औपचारिक उद्घाटन गरेका छन्।
बिहीबार आयोजित एक कार्यक्रमका बीच कलाकारद्वयले रिबन काट्दै रेस्ट्रोको शुभारम्भ गरेका हुन्। मिसेस नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्तले पनि संयुक्त रूपमा रिबन काट्दै कार्यक्रममा सहभागिता जनाएकी थिइन्।
उद्घाटन समारोहमा अभिनेता धिरेन शाक्यले प्राइभेट लोकेसनमा खुलेको र इन्डियन तथा विविध परिकार उपलब्ध हुने रेस्ट्रोले नयाँ अनुभव दिने विश्वास व्यक्त गरे।
त्यस्तै अभिनेत्री प्रियंका कार्कीले नेपाली व्यवसायलाई सधैं प्रोत्साहन गर्दै आएको बताउँदै यस्ता नयाँ प्रयासले आफूलाई खुसी दिने उल्लेख गरिन्।
करिब साढे दुई करोड रुपैयाँको लगानीमा स्थापना गरिएको १६टी रेस्ट्रो एण्ड बारका सञ्चालक राजाराम शर्माले ग्राहकलाई स्वाद, सेवा र वातावरणको उत्कृष्ट संयोजन दिने लक्ष्य रहेको बताए। उनका अनुसार रेस्ट्रोमा नेपाली, भारतीय तथा अन्तर्राष्ट्रिय परिकारहरू उपलब्ध हुनेछन्।
आधुनिक इन्टेरियर, आरामदायी वातावरण र पारिवारिक सेटअपका कारण रेस्ट्रो काठमाडौंको नयाँ आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
मिसेस नेपाल वर्ल्ड २०२५ विजेता रक्षा पन्तले पनि पारिवारिक तथा मैत्रीपूर्ण वातावरणका कारण १६टी सबै उमेर समूहका लागि उपयुक्त गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरिन्।