फिल्म ‘बाः एक योद्धा’को पोस्टर सार्वजनिक, दिब्य देवको दमदार लुक्स खुलासा

0 Shares

काठमाडौं — चलचित्र ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार पोस्टर सार्वजनिक गर्दै फिल्मको मुख्य कथावस्तुबारे संकेत दिएको हो।

पोस्टरमा मुख्य पात्रहरूको तनावपूर्ण भाव देखिन्छ। फिल्ममा ‘बा’को भूमिकामा अभिनेता दिव्य देव रहेको कुरा पोस्टरमार्फत स्पष्ट भएको छ। उनी चस्मा लगाएर तनावपूर्ण अवस्थामा देखिएका छन्।

उनसँगै छोरीको भूमिकामा अभिनेत्री सुहाना थापा देखिएकी छन्, जो सामान्य पहिरनमा झोला बोकेर तनावपूर्ण अवस्थामै हिँडिरहेको दृश्य पोस्टरमा देखिन्छ।

पोस्टरमा घरको भित्तामा टाँसिएको परिवारको फोटो, बाबु–आमा र सन्तानको उपस्थिति, तथा पृष्ठभूमिमा देखिएको हवाईजहाज र जग्गाधनी पूर्जा लगायतका दृश्यले वैदेशिक रोजगार, पारिवारिक संघर्ष र आर्थिक चुनौतीको कथा संकेत गरेको छ।

First poster of ‘Baa: A Warrior’ unveiled, Divya Dev’s intense look revealed

फिल्ममा अभिनेत्री झरना थापा को पनि महत्वपूर्ण भूमिका रहेको देखिन्छ, जसले उनी आमा–छोरीको भूमिकामा सुहाना थापासँग सम्बन्धित रहेको संकेत गर्छ।

निर्देशक हरि लम्सालले फिल्मको कथा नेपाली समाजमा बुबाले सन्तानको भविष्यका लागि गर्ने संघर्ष, त्याग र चुनौतीमा आधारित रहेको बताएका छन्।

‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। चलचित्रको पटकथा तथा निर्देशन समेत हरि लम्सालले नै गरेका हुन्।

फिल्मका निर्माता वसन्त लम्साल हुन् भने छायांकन शिवराम श्रेष्ठले गरेका छन्। मुख्य सहायक निर्देशन तारानाथ न्यौपानेले सम्हालेका छन्।

फिल्मको वितरण जिम्मा कुवेर सिने डिस्ट्रिब्युसनले लिएको छ।

‘बाः एक योद्धा’ भदौ १९ गते प्रदर्शनमा आउने तयारीमा छ। फिल्मले बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा पारिवारिक भावनात्मक कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै