फिल्म ‘झिंगे दाउ २’का तीन नयाँ पोस्टर सार्वजनिक, प्रचार अभियान सुरु

0 Shares

काठमाडौं — असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’ले तीन नयाँ पोस्टर सार्वजनिक गर्दै आधिकारिक प्रचार अभियान सुरु गरेको छ।

निर्माण पक्षले पोस्टर सार्वजनिकसँगै अब प्रचार–प्रसारलाई थप तीव्र बनाइने जनाएको छ। आगामी दिनमा फिल्मका गीत र ट्रेलर सार्वजनिक गरिने तयारी पनि गरिएको छ।

फिल्मको निर्देशन ज्ञानेन्द्र देउजा ले गरेका हुन्। निर्माणमा सुलभ प्रतिक, प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, आर्यन सिग्देल, कुशल विष्ट, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह लगायतका कलाकारहरूको अभिनय रहेको छ। साथै मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा अतिथि कलाकारका रूपमा देखिनेछन्।

प्रकाशित तीन पोस्टरमध्ये एकमा केकी अधिकारी र आँचल शर्मा उत्साहित मुद्रामा देखिएका छन्। अर्को पोस्टरमा हिउँवाला गौतम, महेश त्रिपाठी र कुशल विष्ट भावुक अवस्थामा प्रस्तुत छन्।

तेस्रो पोस्टरमा दशैंको झल्को देखाइएको छ, जहाँ मुख्य पात्रहरू उत्सवको माहोलमा रमाइरहेका छन्। यसले फिल्मको कथावस्तुमा दशैंको पृष्ठभूमि पनि समावेश भएको संकेत गर्छ।

त्यस्तै, आर्यन सिग्देललाई समेटिएको अर्को दृश्यमा मुख्य पात्रहरू अचम्मित अवस्थामा देखिन्छन् भने उनी रोक्ने भूमिकामा प्रस्तुत छन्।

फिल्मको पटकथा तथा संवाद परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। छायांकन विवेक बस्नेत र ईश्वर सिन्केमनाले गरेका छन्।

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्र्यू नेपाल प्रा.लिको प्रस्तुतिमा बनेको यस फिल्मको सम्पादन मित्र डी. गुरुङले गरेका हुन् भने संगीत अर्जुन पोखरेलको रहेको छ। नृत्य निर्देशन रामजी लामिछाने र एक्सन निर्देशन रोशन श्रेष्ठले गरेका छन्।

तीन वर्षअघि सफल व्यापार गरेको ‘झिंगे दाउ’को सिक्वेलका रूपमा निर्माण गरिएको यो फिल्मप्रति दर्शकको अपेक्षा उच्च रहेको निर्माण पक्षले जनाएको छ।

सम्बन्धित समाचार

सबै