‘टक्सिक’सँग नभिड्ने भो ‘मास्टर्नी’,अब एक साता अगाडि भदौ ५ मै आउने

0 Shares

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको कथा रहेको बहुप्रतीक्षित फिल्म ‘मास्टर्नी’ ले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ। यसअघि भदौ १२ गते प्रदर्शनमा आउने घोषणा गरिएको फिल्म अब भदौ ५ गतेदेखि देशभर प्रदर्शन हुनेछ।

फिल्मले नयाँ पोस्टरसँगै संशोधित प्रदर्शन मिति सार्वजनिक गरेको हो। भदौ ११ गते बहुप्रतीक्षित फिल्म ‘टक्सिक’ रिलिज हुने भएपछि ‘मास्टर्नी’ले आफ्नो प्रदर्शन एक साताअघि सारेको हो।

भारतीय निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको फिल्मको छायांकन काठमाडौं र पोखरामा सात दिनमा सम्पन्न गरिएको निर्माण टिमले जनाएको छ।

फिल्मको निर्माणमा प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की रहेका छन्। शार्क ट्यांक नेपालका शार्क तथा अग्नि समूहका प्रमुख क्याबिनेट श्रेष्ठको सहभागितासँगै अग्नि समूहले पहिलोपटक फिल्म निर्माण क्षेत्रमा प्रवेश गरेको हो।

फिल्मकी कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन्। ‘क्राइम थ्रिलर मर्डर मिस्ट्री’ जनरामा निर्माण भएको फिल्ममा प्रियंका कार्कीसँगै सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी र दिनेश काफ्लेको अभिनय रहेको छ।

‘मास्टर्नी’को कथा प्रियंका कार्कीले तयार पारेकी हुन् भने पटकथा सान बस्न्यातले लेखेका छन्। नयाँ प्रदर्शन मितिसँगै फिल्मले बक्स अफिस प्रतिस्पर्धाबाट अलग रणनीति अपनाएको देखिएको छ।

सम्बन्धित समाचार

सबै