0
Shares
चर्चित हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा चिकित्सक टोलीले उनको मस्तिष्कमा रहेको ट्युमरको सफल शल्यक्रिया गरेको हो।
अस्पताल स्रोतका अनुसार शल्यक्रिया सफल भएको छ र हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
मस्तिष्कबाट निकालिएको ट्युमर कस्तो प्रकृतिको हो—क्यान्सरयुक्त हो वा होइन—भन्ने पुष्टि गर्न नमुना बायोप्सीका लागि प्रयोगशालामा पठाइएको छ।
दीपाश्री निरौला नेपाली फिल्म उद्योगमा दशकौँदेखि सक्रिय रहँदै अभिनय र निर्देशन दुवै क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएकी छन्। उनी विशेषगरी सुपरहिट फिल्महरूको सफल निर्देशनका लागि परिचित छिन्।