
‘एक्लो’ सिनेमाले आफ्ना दुई पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।
साइन्स फिक्सनमा जनरामा निर्मित सिनेमाले हलिउड कलाकार जेमी बेकम तथा डान्सर एवं अभिनेत्री कविता नेपालीको पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरले सिनेमा स्तरीय बनेको सहज अनुमान गर्न सकिन्छ।
सिनेमाका निर्देशक प्रदीप शाही हुन्। शाहीले आफ्नो तेश्रो निर्देशकिय सिनेमा हलिउड स्तरको बनाउने बताउँदै आएका छन् । सिनेमाका हालसम्मका सार्वजनिक सामाग्रीले शाही आफ्नो दाबीको बाटोमा हिँडिरहेको देखाएको छ । सिनेमाको हाल लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ।
निर्देशख शाहीले पोस्टप्रोडक्सनको कार्य सम्पूर्णरुपमा सकिएपछि रिलिज मिति तोक्ने जानकारी दिएका छन् ।
सिनेमामा जिमी तथा कविताको साथमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।
‘एक्लो’का निर्मातामा राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, तथा बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज हुन् ।
बाबु श्रेष्ठको छायाङ्कन रहेको यस सिनेमामा राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ भने सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का रहेका छन् ।