‘हली’को भावुक गीत ‘कहाँबाट ल्याउ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक, बुबा–सन्तानको सम्बन्धले छुन्छ मन

0 Shares

काठमाडौं । आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म **‘हली’**को नयाँ भावुक गीत ‘कहाँबाट ल्याउ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक गरिएको छ। बुबा–सन्तानको गहिरो सम्बन्ध र कठिन परिस्थितिमा सन्तानले महसुस गर्ने पीडालाई केन्द्रमा राखिएको गीतले दर्शकको मन छुने अपेक्षा निर्माण टिमले गरेको छ।

गीतका शब्द फिल्मका अभिनेता प्रमोद दीपले लेखेका हुन् भने संगीत अभि सुनारको रहेको छ। चर्चित गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको गीतलाई कथाअनुसार भावनात्मक शैलीमा चित्रण गरिएको छ। निर्माण पक्षका अनुसार भिडियोमा कलाकारहरूको अभिनयले गीतको भावलाई थप प्रभावशाली बनाएको छ।

पूजा गुरुङजश्मिन श्रेष्ठको निर्माण रहेको फिल्मलाई ओम प्रतीकले लेखन तथा निर्देशन गरेका हुन्। पछिल्लो समय प्रचार–प्रसारलाई तीव्र बनाएको ‘हली’ वास्तविक घटनाबाट प्रेरित कथामा आधारित रहेको बताइएको छ।

फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँलेविशाल पहाडीको अभिनय रहेको छ। निर्देशक ओम प्रतीक स्वयं पनि फिल्ममा महत्वपूर्ण भूमिकामा देखिनेछन्।

यसअघि सार्वजनिक गरिएको फिल्मको प्रमोसनल गीतमा दीपाश्री निरौला, पूजा शर्मामिथिला शर्मासहितका चर्चित कलाकारको प्रस्तुति दर्शकमाझ लोकप्रिय बनेको थियो। निर्माण टिमले नयाँ भावुक गीतले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास व्यक्त गरेको छ।

जापुरा फिल्मस् प्रोडक्सनशुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मले समाज परिवर्तनका लागि एक दृढ व्यक्तिको भूमिका पर्याप्त हुन सक्छ भन्ने सन्देश प्रस्तुत गर्ने दाबी गरिएको छ।

फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरीकृष्ण भारद्वाजको संगीत रहेको छ। साथै जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीतमा तयार भएको अर्को गीतमा बाबुल गिरीशान्ति श्री परियारको स्वर रहेको छ।

फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह-निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको छायांकन, रामप्रसाद चौधरीविपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेसनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ। ओएसआर डिजिटल फिल्मको आधिकारिक डिजिटल पार्टनर हो।

निर्माण पक्षका अनुसार देशभित्र र विदेशमा देखिएको सकारात्मक चर्चा र प्रचार अभियानले **‘हली’**प्रति दर्शकको उत्सुकता उल्लेखनीय रूपमा बढेको छ।

सम्बन्धित समाचार

सबै