निर शाहले निर्देशन गर्ने ‘प्रिन्स’को निर्माण सुरु, पहिलो गीत रेकर्डिङ सम्पन्न

0 Shares

काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले नयाँ नेपाली फिल्म ‘प्रिन्स’ निर्देशन गर्ने भएका छन्। शुक्रबार पहिलो गीतको रेकर्डिङ सम्पन्न गर्दै फिल्मको निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको हो।

रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको पहिलो गीतमा निर शाहकै शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत तथा गायक शिव परियारको स्वर रहेको छ।

फिल्मको कथा निर शाहशिवम् अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्। छायांकनको जिम्मेवारी सौरभ लामाले सम्हाल्नेछन्। पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।

निर्माण पक्षका अनुसार फिल्मको प्रि–प्रोडक्सन अन्तिम चरणमा पुगेको छ भने छायांकनको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। कलाकार तथा अन्य प्राविधिक टोलीबारे विस्तृत जानकारी भने उपयुक्त समयमा सार्वजनिक गरिने बताइएको छ।

लामो अनुभव बोकेका निर्देशक निर शाहले **‘प्रिन्स’**मार्फत नयाँ कथावस्तु र फरक प्रस्तुतिका साथ पुनः दर्शकमाझ आउने तयारी गरेका छन्।

सम्बन्धित समाचार

सबै