चैत २९ मा आउने भयो प्रदिपको ‘पिताम्बर’, यस्तो बन्यो पहिलो पोस्टर

0 Shares

कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ चैत २९ गते रिलिज हुने भएको छ। शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै सो मिति घोषणा गरिएको हो ।

निर्माण पक्षले सिनेमाको छायाँकन ७० दिनमा सकिएको जानकारी दिएका छन्।

रिलिज मिति घोषणाका लागि सार्वजनिक पोस्टरमा तीन मुख्य कलाकार – प्रदीप खड्का, सौगात मल्ल, र दयाहाङ राई फिचर्ड छन्।

सो पोस्टरमा प्रदिपलाई रक्तिम देखिएका छन् भने अर्का अभनेता सौगात आक्रामक शैलीमा बन्दुक बोकिरहेको देख्न सकिन्छ भने दयाहाङलाई शान्त भावमा देख्न सकिन्छ।

एक्सन जनरामा निर्मित ‘पिताम्बर’मा स्टार कलाकारहरूको बलियो लाइनअप छ। यो लाइनअपले सिनेमालाई सुखद सुरुवात दिने अनुमन गर्न सकिन्छ।

सिनेमामा सौगात, प्रदीप, र दयाहाङसँगै दिव्या रायमाझी, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको सहकार्यमा निर्माण भएको ‘पिताम्बर’ का सिनेमाटोग्राफर पुरुषोत्तम प्रधान हुन्। सिनेमाको निर्माता विशाल चौलागाईं हुन्। प्रदीप भारद्धाजको लेखन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको यो सिनेमालाई निर्देशक कृषाले ठूलो परिमाणमा निर्माण गरेकी छिन्।

सिनेमाको निर्माण बजेट ५ करोड अनुमान गरिएको छ। यसअघि कृषाले निर्देशन गरेको सिनेमा ‘ऐंचो पैंचो’ ले दर्शक तथा समीक्षकबाट प्रशंसा पाएको थियो।

 

सम्बन्धित समाचार

सबै