‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक, साउन २२ देखि प्रदर्शनमा आउने

0 Shares

काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित नेपाली फिल्म ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक गरिएको छ। आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको प्रचार अभियानअन्तर्गत निर्माण टिमले गीत सार्वजनिक गरेको हो।

साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित फिल्म ‘कमला मिस’ मनोवैज्ञानिक कथावस्तुमा आधारित रहेको छ।

सार्वजनिक गीतमा युग भुसालको शब्द तथा संगीत रहेको छ भने रुबाईसरोदी कुमारको स्वर सुन्न सकिन्छ। गीतको मिक्सिङ तथा मास्टरिङ रूप महन्तले गरेका हुन्। मुम्बईस्थित प्लेहेड स्टुडियोमा रेकर्ड गरिएको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।

फिल्ममा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवं सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसीसञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठराम भट्टराई हुन्। पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरको भूमिकामा रहेका छन्।

फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलालसुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन्।

प्राविधिक टिममा शिवराम श्रेष्ठको छायांकन, मिलन विक्रम शाहको सम्पादन, किरण तुलाधरको पार्श्व संगीत, मुकेश शाहको साउन्ड मास्टरिङ, रेनिश फागोको रङ संयोजन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

फिल्म ‘कमला मिस’लाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्टएफडी कम्पनीले देशव्यापी रूपमा वितरण गर्नेछन्।

सम्बन्धित समाचार

सबै