हेर्नुस्, नीताको डेब्यू निर्देशन ‘पार्वती’को टिजरमा के छ?

0 Shares

अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’ को टिजर सार्वजनिक गरिएको छ। बुधबार गुरु पूर्णिमाको अवसर पारेर निर्माण टिमले फिल्मको एक मिनेट ५७ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो।

सार्वजनिक टिजरमा अटिजम भएकी दिदी पार्वती र उनका भाइबीचको आत्मीय सम्बन्धलाई भावुक ढंगले प्रस्तुत गरिएको छ। टिजरमा पार्वतीको भूमिकामा स्वयं नीता ढुङ्गाना र भाइको भूमिकामा अशोक दर्जी मात्रै देखिएका छन्। दिदी–भाइको निस्वार्थ मायाले भरिएको टिजरले दर्शकमाझ कौतुहलता जगाउने प्रयास गरेको छ। टिजर सम्पादन साहिल खानले गरेका हुन्।

यसअघि फिल्ममा समावेश रत्यौली गीत ‘नौतुना रेलैमा’ ले दर्शकको सकारात्मक प्रतिक्रिया पाइसकेको छ। नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा बनेको यस फिल्ममा उनीसँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको कथा तथा पटकथा नीता ढुङ्गानाले तयार पारेकी हुन् भने स्क्रिप्ट शिवम् अधिकारीले लेखेका छन्। सुदीप बराल डीओपी रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्।

फिल्मका कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन् भने निर्माता हरिहर अधिकारी रहेका छन्। सम्पादनसँगै टिजर र ट्रेलर निर्माणको जिम्मेवारी साहिल खानले सम्हालेका छन्।

फिल्मका गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ भने गीतका शब्द हर्क साउदले लेखेका हुन्। संगीत दीपक शर्मा, बाबुल गिरी र प्रशान्त सिवाकोटीको रहेको छ। संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका छन् भने गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

रोयल भीमसेनले पोस्टर डिजाइन गरेको यस फिल्मको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गर्नेछन्। फिल्मको डिजिटल अधिकार भने ओएसआरले खरिद गरेको छ।

फिल्म आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

सम्बन्धित समाचार

सबै