‘आउटलः दफा २१९’ को नयाँ प्रदर्शन मिति फागुन २९

0 Shares

असोज ३ गतेको रिलिज मिति स्थगीत गरेको ‘आउटल: दफा २१९’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ।

अब यो सिनेमा फागु पूर्णिमा अर्थात् होलीको अवसरमा, फागुन २९ गतेदेखि नेपालभर रिलिज हुने पक्का भएको छ।

शुक्रबार सार्वजनिक गरिएको सिनेमाको नयाँ पोस्टरमा अभिनेता सुशिल श्रेष्ठको लुक्स निकै आकर्षक देखिएको छ। हातमा हतियार बोकेर बसेका सुशिलको अनुहारमा रगतको छिटा देख्न सकिन्छ। यसले सिनेमा कुन जनरामा निर्माण भएको छ, त्यो सजिलै बुझ्न सकिन्छ। यो सिनेमाले अभिनेता सुशिललाई सिनेमा क्षेत्रमा बलियो कमब्याक गराउने अपेक्षा गरिएको छ।

विक्की महर्जनको निर्देशन र अमित अग्रहरिको निर्माणमा तयार भएको सिनेमामा सुशिलसँगै शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, र सोनी लगुनको अभिनय रहेको छ। विनोद कठायत कार्यकारी निर्माता हुन्, र सिनेमामा विकास चौधरी सह-निर्माता रहेका छन्।

सिनेमामा नविन गुरुङको डीओपी, साहिल खानको सम्पादन, विक्की महर्जनको लेखन र चुल्ठे काजीको एक्सन रहेको छ।

निर्माण टिमले ४० लाख खर्च गरेर नयाँ एक्सन दृश्य पनि खिचेको छ, जसका कारण सिनेमाको नयाँ प्रदर्शन मिति सार्वजनिक गर्न केही ढिलाइ भएको निर्माण पक्षले बताएको छ।

 

सम्बन्धित समाचार

सबै