काठमाडौं । असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कार्की साहिँला’ को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ। फिल्मको प्रचारप्रसार सुरु गर्ने क्रममा निर्माण टिमले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै गीतको भिडियो रिलिज गरेको हो।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र प्रियाना आचार्य फिचर्ड छन्। भिडियोमा उनीहरूबीचको केमेस्ट्रीलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। कार्यक्रममा सहभागी पत्रकारहरूले गीत तथा भिडियो राम्रो बनेको प्रतिक्रिया दिएका थिए।
श्रेय अगस्ती र बेनिशा पौडेल को स्वर रहेको गीतमा विष्णु नेपाल नेपाली को शब्द तथा संकेत अगस्ती को संगीत छ। विशाल निरौला ले एरेन्ज गरेको गीतलाई दर्शकले रुचाउनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ।
फिल्ममा जितु नेपाल र प्रियाना आचार्यसँगै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारी लगायतका कलाकारको अभिनय छ।
डम्बर राई को कथामा निर्माण भएको फिल्मलाई राजेन्द्र बस्नेत ले निर्देशन गरेका हुन्। फिल्मको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारी ले संयुक्त रूपमा लेखेका हुन्। बालकुमार राई र निर्भिक बञ्जारा निर्माता रहेका फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन्।
फिल्मको डीओपी डम्बर राई तथा छायांकन नारायण गुरुङ ले गरेका छन्। फिल्मलाई सन्देश शाह ले सम्पादन गरेका छन् भने सह–सम्पादनको जिम्मेवारी सन्दिप डाङ्गी ले सम्हालेका छन्।
फिल्मका मुख्य सहायक निर्देशक रोजल थापा हुन् भने सहायक निर्देशकमा गीत बिष्ट र सजना थापा रहेका छन्। फिल्ममा दिप्सन लिम्बु र संकेत अगस्ती को संगीत रहनेछ। फिल्मका गीतमा दिप्सन लिम्बु, श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर सुन्न सकिनेछ।
सि.बि. भण्डारी ले प्रोडक्सन म्यानेजमेन्ट सम्हालेको फिल्ममा रबि केसी को शृंगार रहेको छ। फिल्मको पोस्ट प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्स ले गर्नेछ।
‘लग्यौ परान’ सार्वजनिक भएसँगै ‘कार्की साहिँला’को औपचारिक प्रचारप्रसार सुरु भएको छ।