‘मास्टर्नी’ सेन्सर पास तर १६ वर्षमुनिका दर्शकले हेर्न नपाउने

0 Shares

केन्द्रीय चलचित्र जाँच समितिले प्रियंका कार्की निर्मित ‘मास्टर्नी’ फिल्मलाई १६ वर्षमुनिका दर्शकले हेर्न नपाउने गरी एडल्ट सर्टिफिकेट दिएको छ।

शुभेन्दु घोष निर्देशित फिल्ममा प्रियंका कार्कीका साथै आर्यन सिग्देल, अनुपविक्रम शाही, प्रमोद अग्रहरि, ऋचा शर्मा, गौरी मल्ल र सरोज खनाललगायत कलाकारको अभिनय छ।

‘मास्टर्नी’ भदौ ५ गते अर्थात् अगस्ट २१ देखि प्रदर्शनमा आउने तयारीमा छ।

प्रियंका कार्की अभिनीत आगामी फिल्म ‘मास्टर्नी’ विभिन्न कारणले चर्चामा छ। सुरुमा दुर्गेश थापाले कम्पोज गरेको फिल्मको प्रवर्धन गीतले चर्चा र विवाद दुवै निम्त्याएको थियो।

त्यसपछि सार्वजनिक भएको फिल्मको अफिसियल गीत ‘गुराँस फुल्दा’लाई लिएर अभिनेत्री सुस्मिता केसीले असन्तुष्टि जनाइन्। उनले आफ्नो मौलिक गीतभन्दा ‘गुराँस फुल्दा’ उत्कृष्ट नरहेको भन्दै फेसबुकमार्फत प्रतिक्रिया दिएकी थिइन्।

सम्बन्धित समाचार

सबै