प्रदीप–सनिशाको ‘शुभ विवाह’ घोषणा, सुप्रिया निर्माता, फागुन २१ मा रिलिज

0 Shares

काठमाडौँ । सुदर्शन थापाको निर्देशनमा नयाँ नेपाली फिल्म ‘शुभ विवाह’ निर्माण हुने भएको छ। निर्माण टिमले बिहीबार पत्रकार सम्मेलनमार्फत फिल्मको घोषणा गर्दै मुख्य कलाकार तथा प्राविधिक टिम सार्वजनिक गरेको हो।

फिल्म प्रियादर्शन फिल्म्सको ब्यानरमा निर्माण हुनेछ। फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा रहनेछन्। उनीहरूसँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यको अभिनय रहनेछ।

निर्देशक थापा र अभिनेता खड्काले यसअघि फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। उक्त फिल्म व्यावसायिक रूपमा सफल मानिन्छ।

‘शुभ विवाह’को निर्माण सुप्रिया कटुवालले गर्नेछिन् भने साम भुजेल कार्यकारी निर्माता छन्। फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन्। पटकथा तथा संवाद रामशरण पाठकको रहेको छ।

फिल्ममा अर्जुन पोखरेलको संगीत तथा रेभन आरती सिंहको पार्श्व संगीत रहनेछ। राजेश श्रेष्ठले छायांकन, मिलन श्रेष्ठले सम्पादन र राजेन्द्र मोक्तानले कलर ग्रेडिङ सम्हाल्नेछन्। नृत्य निर्देशन विक्रम स्वारको रहनेछ भने ट्रेलर सम्पादन साहिल खानले गर्नेछन्।

बसन्त अधिकारी प्रमुख सह–निर्देशकका रूपमा रहनेछन्। साजन कट्टेल र प्रार्थना पाठक सह–निर्देशक छन्। फिल्मको ध्वनि मनोज लामा, कला निर्देशन रोशन दिवाना र प्रोडक्सन म्यानेजर सुदीप ढकालले सम्हाल्नेछन्।

रोमान्टिक कथामा आधारित फिल्मको छायांकन चाँडै सुरु गर्ने तयारी निर्माण पक्षको छ। ‘शुभ विवाह’ आगामी फागुन २१ गते नेपालभर प्रदर्शनमा आउने घोषणा गरिएको छ।

सम्बन्धित समाचार

सबै