‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक

0 Shares

काठमाडौं । विवशकुमार माझी र मोहन केसीको निर्देशनमा बनेको फिल्म ‘बुकी’मा समावेश ‘तनमनमा भलिबल’ बोलको गीत सार्वजनिक गरिएको छ । भलिबल खेललाई केन्द्रमा राखिएको गीतलाई नेपाली फिल्ममा सम्भवतः पहिलोपटक भलिबलमै केन्द्रित गीतका रूपमा प्रस्तुत गरिएको निर्माण पक्षको दाबी छ ।

मोहन केसीको शब्द र दीपक शर्माको संगीत रहेको गीतमा प्रमोद खरेल र रचना रिमालको स्वर छ । भलिबलका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने खेलाडीको कथा र भावनालाई गीतमा समेटिएको छ ।

भलिबल खेलेर देशको नाम चिनाउने र खेलमार्फत आफ्नो पहिचान बनाउने सपना बोकेका खेलाडीप्रति समर्पित गीतमा उनीहरूको त्याग, मेहनत र तपस्यालाई प्रस्तुत गरिएको छ । निर्माण पक्षले गीतलाई भलिबल खेलाडीप्रतिको सम्मानका रूपमा व्याख्या गरेको छ ।

गीतको भिडियोले खेलाडीको भलिबलप्रतिको समर्पण, उत्कृष्ट खेलाडी बन्न गरिने अभ्यास, प्रतियोगिताको उत्साह र खेलप्रतिको आकर्षणलाई दृश्यमा उतारेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा भलिबलप्रति रहेको आकर्षणलाई पनि भिडियोमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा गायक तथा अभिनेता देवेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन् । बागलुङको ढोरपाटन तथा आसपासका रमणीय क्षेत्रलाई भिडियोमा आकर्षक रूपमा प्रस्तुत गरिएको छ ।

‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्स’को प्रस्तुतिमा बनेको ‘बुकी’मा सुरक्षा पन्त, देवेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा छन् । फिल्ममा प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमल्सिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायतका कलाकारको पनि अभिनय छ ।

फिल्मको छायांकन काठमाडौं, पोखरा तथा विशेषगरी बागलुङको ढोरपाटनलगायतका क्षेत्रमा गरिएको छ ।

लक्ष्मण सापकोटा, अमिषा थापा कौचा र रमेश थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता प्रकाश आले र राजन केसी हुन् । राजेश थापा र बसुन्धरा खरेल क्रिएटिभ प्रोड्युसर तथा जितु थापा र सुनील बुढाथोकी को–प्रोड्युसरका रूपमा छन् ।

आशुका अर्याल एसोसिएट निर्देशक, आचार्य गोपाल चिफ असिस्टेन्ट निर्देशक तथा टाइग्रिस, निशा दाहाल र उज्वल अधिकारी सहायक निर्देशकका रूपमा फिल्ममा जोडिएका छन् ।

विकास गन्दर्भले छायांकन गरेको फिल्मलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । श्याम मल्लले श्रृंगार तथा थम्मन थापाले प्रोडक्सन हेडको जिम्मेवारी सम्हालेका छन् ।

सम्बन्धित समाचार

सबै