पछिल्लो समय काठमाडौंका रेस्टुरेन्टहरूमा स्वादिष्ट परिकारहरू उपभोग गर्दै लाइभ संगीतको आनन्द लिने प्रचलन तीव्र रूपमा बढेको छ।
यसैक्रममा, नयाँ बानेश्वरमा ‘पिङ्क पुतली’ नामक नयाँ रेस्टुरेन्ट खुलेको छ।
काठमाडौंमै पहिलो पटक यस रेस्टुरेन्टले आफ्नो ग्राण्ड ओपनिङ चर्चित कलाकारहरूको सांगीतिक कार्यक्रममा भव्य रूपमा मनाउने तयारी गरेको छ।
नयाँ बानेश्वरको एभरेस्ट होटलसँगै रहेको पिसी कम्प्लेक्स भित्र रहेको यो रेस्टुरेन्टमा चर्चित कलाकारहरू अन्जु पन्त, कमल खत्री, एलिना चौहान, रचना रिमाल, अस्मिता अधिकारी, महेश काफ्ले, राहुल रक्स, श्रृष्टि राउत, र किसन सिजापतिले सांगीतिक प्रस्तुति दिनेछन्।
डिसेम्बर २४ देखि जनवरी १ सम्म दैनिक सांगीतिक कार्यक्रम हुने जानकारी रेस्टुरेन्ट सञ्चालकले दिएका छन्।
यस रेस्टुरेन्टमा स्वादिष्ट परिकारहरूको मजासँगै सांगीतिक मनोरञ्जन लिन चाहनेहरूका लागि टेबल बुकिङ्ग खुला भइसकेको छ।
बुकिङ्गको लागि सम्पर्क नम्बर:
📞 ९८०३०७४६६६