‘शुभ विवाह’को पोखराबाट छायांकन सुरु

0 Shares

काठमाडौं । निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काको पुनर्मिलन भएको नयाँ फिल्म ‘शुभ विवाह’को छायांकन सुरु भएको छ। प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भइरहेको फिल्मको पोखरामा क्यामेरा पूजा गर्दै औपचारिक रूपमा छायांकन थालिएको हो।

४५ दिनको छायांकन तालिका तय गरिएको फिल्मका लागि कलाकार तथा प्राविधिक टोली पोखरा पुगिसकेको छ। सोही तालिकाअनुसार आइतबारदेखि छायांकन सुरु गरिएको निर्देशक थापाले जानकारी दिए।

फिल्मको मुख्य भूमिकामा प्रदीप खड्का र सनिशा भट्टराई छन्। निर्देशक थापा र अभिनेता खड्काले यसअघि सफल फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। लामो समयपछि उनीहरूबीच भएको पुनर्मिलनलाई लिएर फिल्म क्षेत्रमा चासो बढेको छ।

‘शुभ विवाह’मा प्रदीप र सनिशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईं, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय रहनेछ।

रोमान्टिक कथामा आधारित फिल्मकी निर्माता सुप्रिया कटुवाल हुन् भने साम भुजेल कार्यकारी निर्माता छन्। प्रदीप श्रीवास्तवले कथा लेखेको फिल्मको पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका छन्।

फिल्ममा अर्जुन पोखरेलको संगीत र रेभन आरती सिंहको ब्याकग्राउन्ड स्कोर रहनेछ। राजेश श्रेष्ठले छायांकन, मिलन श्रेष्ठले सम्पादन तथा राजेन्द्र मोक्तानले कलर ग्रेडिङ सम्हाल्नेछन्। विक्रम स्वारले नृत्य निर्देशन गर्नेछन् भने ट्रेलर सम्पादन साहिल खानले गर्नेछन्।

बसन्त अधिकारी प्रमुख सहायक निर्देशक तथा साजन कट्टेल र प्रार्थना पाठक सहायक निर्देशक छन्। मनोज लामाले ध्वनि, रोशन दिवानाले कला निर्देशन र सुदीप ढकालले प्रोडक्सन व्यवस्थापन सम्हाल्नेछन्।

फिल्मको शृङ्गार सरोज पाण्डे, हेयर डिजाइन सरस्वती श्रेष्ठ र ‘बिहाइन्ड द सिन्स’को जिम्मेवारी निरज पन्थीले सम्हाल्नेछन्। पोशाक सुशीला केसी (लगन बुटिक) र आकृति पन्त (सेन्ट्रल फेसन एकेडेमी)ले तयार पार्नेछन्।

आनन्द महर्जनले पब्लिसिटी डिजाइन, मनोज श्रेष्ठले कम्पनी लोगो एनिमेसन र अनन्त घिमिरेले टिजर एनिमेसन गर्नेछन्। गरिमा फ्लोरिस्ट डेकोर पार्टनरका रूपमा रहेको छ।

विराज ढुंगाना कानुनी सल्लाहकार र भेष ढकाल लेखापरीक्षक रहेको फिल्मको एजेन्सी प्रसुन तिमिल्सिना (कार्यालय) हो।

‘शुभ विवाह’ आगामी फागुन २१ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। फिल्मको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल रहेको छ भने वितरण भिष्म फिल्मस् र श्री राम बालाजीले गर्नेछन्।

सम्बन्धित समाचार

सबै