सविन-समीक्षाको स्वरमा ‘कुन देवको सृष्टी हौ’ यस्तो बन्यो

0 Shares

गीतकार तथा मोडल भुवन लोहनीले आफ्नो नयाँ गीत कुन देवको सृष्टी हौ को भिडियो सार्वजनिक गरेका छन्।

बुधबार  गीत कृपा फाउन्डेसनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा गायक सविन सुवेदी र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ। कुन देवको सृष्टी हौ को रचना स्वयं भुवन लोहनीले गरेका हुन् भने संगीतकार बसन्त सापकोटाले संगीत दिएका छन्। यो गीतलाई भानुभक्त ढकालले डोरेमी स्टुडियोमा रेकर्ड गरेका हुन्। श्याम बागदासले यसको मिक्सिङ र मास्टरिङ गरेका छन्।

भिडियोमा मोडल भुवन लोहनी र उषा उप्रेतीको अभिनय छ। आधुनिक शैलीमा बनेको यो प्रेम गीतको भाव अनुसार नै भिडियो तयार गरिएको छ। भिडियोमा भुवन र उषाको जोडी निकै सुहाएको छ। उनीहरूबीचको प्रेमलाई कथात्मक शैलीमा प्रस्तुत गरिएको छ।

भिडियोको निर्देशन र कोरियोग्राफी मौसम हिमालीले गरेका छन्। छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन मनोज कार्कीको रहेको छ।

अमेरिकामा बसोबास गरिरहेका भुवन लोहनीले यसअघि पनि आधा दर्जनभन्दा बढी भिडियोमा मोडलिङ गरिसकेका छन्। उनको अघिल्लो महिना बाबा आमा गीतको भिडियो रिलिज भएको थियो। हालै मात्र सार्वजनिक भएको कुन देवको सृष्टी हौ मा पनि उनको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

सम्बन्धित समाचार

सबै