‘पार्वती’को शो संख्या १५० पुग्यो

0 Shares

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको फिल्म **‘पार्वती’**ले प्रदर्शनको चौथो दिनमा देशभर आफ्नो शो संख्या १५० पुर्‍याउन सफल भएको छ।

शुक्रबार प्रदर्शनको पहिलो दिन फिल्मले १०४ शो पाएको थियो। त्यसपछि शनिबार शो संख्या बढेर ११७ पुगेको थियो भने आइतबार १२७ शो कायम भएको थियो।

दर्शकबाट प्राप्त सुखद् प्रतिक्रिया र बढ्दो रुचिका कारण सोमबारदेखि फिल्मले थप २३ शो पाएको हो। यससँगै सोमबार ‘पार्वती’को दैनिक शो संख्या १५० पुगेको छ।

प्रदर्शनको सुरुवाती दिनमै शो संख्या निरन्तर बढाउँदै जानुले फिल्मप्रति दर्शकको चासो बढिरहेको संकेत गरेको निर्माण पक्षको विश्वास छ।

फिल्मले आगामी दिनमा पनि दर्शकको साथ पाउने र शो संख्या अझ बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै