‘गौंथली’ले २५ करोड कमाउँदा कस्तो रह्यो त ‘मास्टर्नी’को व्यापार ?

0 Shares

काठमाडौं । प्रियंका कार्की स्टारर फिल्म ‘मास्टर्नी’ले घरेलु बक्सअफिसमा अपेक्षाकृत कमजोर व्यापार गरेको छ। चलचित्र विकास बोर्डका अनुसार फिल्मले आइतबारसम्म ३९ लाख ५२ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

सोही अवधिसम्म ‘मास्टर्नी’लाई ११ हजार ९९६ दर्शकले हेरेका छन्।

यसैगरी, ‘हली’ले आइतबारसम्म २३ लाख ११ हजार रुपैयाँ ग्रस कमाएको छ। फिल्मलाई ८ हजार ४६३ दर्शकले हेरेका छन्।

अर्को फिल्म ‘लज्जावती’ले भने हालसम्म ७ लाख ७५ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यसलाई २ हजार ७३५ दर्शकले हेरेका छन्।

यता, ब्लकबस्टर फिल्म ‘गौंथली’ले भने घरेलु बक्सअफिसमा आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ। फिल्मले हालसम्म २५ करोड ६८ लाख ६२ हजार रुपैयाँ ग्रस कलेक्सन गर्दै २५ करोडको आँकडा पार गरेको छ।

चलचित्र विकास बोर्डका अनुसार ‘गौंथली’ हेर्ने दर्शक संख्या पनि ९ लाख ३१ हजार ६२७ पुगेको छ।

एकातिर ‘मास्टर्नी’, ‘हली’ र ‘लज्जावती’ले अपेक्षाअनुसार व्यापार गर्न संघर्ष गरिरहेका बेला ‘गौंथली’ भने नेपाली बक्सअफिसमा बलियो पकड कायम राख्न सफल भएको छ।

सम्बन्धित समाचार

सबै