रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,०५८ पुग्यो, ४,६०६ अझै बेपत्ता

0 Shares

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ५८ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले मंगलबार दिउँसो २ बजेसम्मको विवरण सार्वजनिक गर्दै १ हजार ५८ शव फेला परेको जनाएको हो।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० वटा आंशिक अंग भएका शव रहेका छन्।

फेला परेका शवमध्ये ९७२ वटाको लास जाँच मुचुल्का भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै, ५८ शव आफन्तलाई बुझाइएको छ भने पहिचान खुल्न नसकेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरिएको छ।

प्रहरीको तथ्यांकअनुसार बाढीपछि हालसम्म ४ हजार ६०६ जना सम्पर्कविहीन छन्।

बाढीबाट भएको मानवीय क्षतिको विवरण संकलन तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै