‘पेन्सन पट्टा’लाई युनिभर्सल सर्टिफिकेट, रनटाइम २ घण्टा ८ मिनेट

0 Shares

काठमाडौं । माओत्से गुरुङ निर्देशित दोस्रो फिल्म ‘पेन्सन पट्टा’ले युनिभर्सल (U) प्रमाणीकरण पाएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी युनिभर्सल प्रमाणपत्र दिएको हो ।

दयाहाङ राई स्टारर ‘पेन्सन पट्टा’को रनटाइम २ घण्टा ८ मिनेट रहेको छ । युनिभर्सल प्रमाणीकरण पाएसँगै फिल्म परिवारका सबै सदस्यले हेर्न मिल्ने भएको छ ।

फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनील थापा, लुनीभा तुलाधर, सुरज तामु, राज कौछा मगर, यासिली योख्खा, डिबी गुरुङ, प्रतिच्छ्या गुरुङ, सोल गुरुङ, अनुषा राई, मनोज गुरुङ, मनिका गुरुङ र कुबिना गुरुङको अभिनय छ ।

मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङले फिल्म निर्माण गरेका हुन् । डिबी गुरुङ प्रोडक्सन म्यानेजर छन् ।

सुशन प्रजापतिले छायांकन तथा सुरज तामुले कास्टिङ निर्देशन गरेका छन् । फिल्मको संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तामुले तयार पारेका छन् ।

निमेश श्रेष्ठ र केर डी. कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा छन् । सुरज तामु र केर डी. कोइन्च लिनुच सह-लेखक रहेको फिल्मका कलरिस्ट राजेन्द्र मोक्तान र कला निर्देशक राजु याकचा हुन् ।

‘पेन्सन पट्टा’लाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन् ।

सम्बन्धित समाचार

सबै