चर्चित नेपाली सिरियल ‘सक्किगो नि’ टिम निर्मित ‘लाज शरणम् ‘को अन्तर्राष्ट्रिय वितरण अधिकार (इन्टरनेशनल राइट्स) सेभेन सिज इन्टरनेसनलले किनेको छ ।
सिनेमा आगामी फागुन १४ गते (शिवरात्रि) प्रदर्शन हुनेछ । सेभेन सिजले सिनेमाको भारतबाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार किनेको हो ।
मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसन का तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलका तर्फबाट प्याट्रिक सुवेदीबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।।
सम्झौताअनुसार, सेभेन सिज इन्टरनेसनलले ‘लाज शरणम्’ लाई दुई चरणमा विभाजन गरी अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्नेछ।
वितरक सुवेदीका अनुसार सिनेमा फेब्रुअरी २८ र मार्च ७ मा विभिन्न देशहरूमा प्रदर्शन हुनेछ। प्रदर्शन हुने देशहरूको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने उनको भनाइ छ ।
कुमार कट्टेल ‘जिग्री ब्रो’को निर्देशनमा तयार भएको यो चलचित्र सक्किगो नि टिमको प्रमुख परियोजना हो, जसलाई प्रतीक्षित मानिएको छ ।
सिनेमामा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा लगायतका कलाकारहरू छन्।
साथै, सक्किगो नि टिमका कलाकारहरू—अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), र कमलमणी नेपाल (खुपीका बाउ)—ले पनि अभिनय गरेका छन्।
निर्माता नवीन श्रेष्ठ निर्माता रहेको सिनेमाको सह-निर्माता राम नरेश शाह र श्रीजना खड्का हुन्। सुदीप बरालले छायांकनको जिम्मेवारी सम्हालेका छन्।