फस्ट लुकमा यस्तो देखियो ‘जुना’

0 Shares

बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत सिनेमा ‘जुना’ को फस्टलुक सार्वजनिक भएको छ ।

आगामी माघ २५ गते रिलिज हुने सिनेमा गोदावरी सिनेमा प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण भएको हो । सिनेमामा जीवन सेञ्चुरीको निर्देशन छ ।

फस्टलुकमा सिनेमाकी प्रमुख कलाकार अस्मिता ढकाललाई सोलो रुपमा प्रस्तुत गरिएको छ । फस्टलुकमा अस्मितालाई ग्रामीण पहिरनमा देख्न सकिन्छ । सिन्दुर, पोते र हातमा बाला लगाएकी अस्मिता कतै हेरिरहेकी छन् । पृष्ठभूमि हेर्दा उनी रुखको फेदमा बसेको अनुमान लगाउन सकिन्छ । पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन् ।

सिनेमामा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीको अभिनय छ ।

निर्देशक सेञ्चुरीले सिनेमाले ‘बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए ।

‘‘जुना’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको सिनेमा हो । नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस सिनेमाको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ’, निर्देशक सेञ्चुरीले भने । उनले सिनेमाले बाल विवाह तथा महिलाको मुद्धा बोकेको हुँदा नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्न लिएको लक्ष्यलाई सघाउने बताए ।

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको सिनेमामा दीपकप्रसाद घिमिरेको लगानी छ । सिनेमामा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । सिनेमाको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

यो सिनेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, समालोचकलगायतले हेरिसकेका छन् ।

May be an image of 1 person and text

सम्बन्धित समाचार

सबै