सम्मान र समाजसेवा गर्दै रश्मिलाज फेसियल हाउसको १७ औं वार्षिकोत्सव सम्पन्न

0 Shares

काठमाडौंको काठमाडौं मल, सामाखुसीको बिजी मल र बालाजुको बुद्ध मलमा रहेका रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले विभिन्न कार्यक्रमको आयोजना गर्दै बुधबार आफ्नो १७ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ।

१७ वर्ष अघि क्रिशमसको दिन स्थापना भएको यो फेसियल हाउसले यस अवसरमा विभिन्न सेवा प्रदान गरेको छ।

१७ औं वार्षिकोत्सवको अवसरमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटीकेयरले काठमाडौंको गोंगबू आवास क्षेत्रमा रहेको मानवसेवा आश्रमका ५३ जना जेष्ठ नागरिक र साना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्नुका साथै उनीहरुलाई मिष्ठान भोजन पनि गराएको छ।

सो अवसरमा केक काटेर शुभकामना आदानप्रदान गरिएको र आर्थिक सहयोग पनि प्रदान गरिएको थियो।

बुधबार नै रश्मिलाज फेसियल हाउसले सामाखुसीको बिजी बेङ्केटमा विभिन्न कार्यक्रम गर्दै आफ्नो वार्षिकोत्सव मनाएको हो। सो कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र विशेष अतिथि अमेरिकाको ब्रेन्डफोर्डका उपमेयर रामचन्द्र श्रेष्ठको उपस्थितिमा फेसियल हाउसका कर्मचारीलाई सम्मान र पुरस्कार वितरण गरिएको थियो।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सो समारोहको उद्घाटन गर्दै रश्मिलाज फेसियल हाउसले लामो समयदेखि व्यटी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाएको बताए। उनले गुणस्तरीय सेवाको कारण आजसम्म पनि रश्मिलाज सबैको रोजाइमा परेको उल्लेख गरे।

समारोहमा अन्य अतिथिहरू—रामचन्द्र श्रेष्ठ (उपमेयर, ब्रेन्डफोर्ड, अमेरिका), बुद्धीजंग कुँवर (सिएटल, अमेरिका), निर्माण व्यवसायी संघ धादिङका पूर्व अध्यक्ष रमेश कुमार श्रेष्ठ र भैरवी केवल धादिङका अध्यक्ष बद्रि कुमार श्रेष्ठले पनि रश्मिलाज फेसियल हाउसको सफलताप्रति प्रशंसा गरे र वार्षिकोत्सवको शुभकामना व्यक्त गरे।

लामो समयदेखि निरन्तर योगदान दिएका दुई प्रोफेसनल ब्यूटीशियनहरू नुतन गिरी र चन्दा घिसिङलाई विशेष सम्मान दिइयो। साथै, लामो समयदेखि रश्मिलाज फेसियल हाउसको फोटोग्राफी गर्ने फोटो पत्रकार बद्री थापालाई पनि सम्मानित गरियो।

फेसियल हाउसका व्यवस्थापक, हेयर डिजाईनर, मेकअप आर्टिस्ट र ब्यूटीशियनलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो। समारोहमा केक काटेर शुभकामना आदानप्रदान गर्दै वार्षिकोत्सव सम्पन्न गरिएको हो।

रश्मिलाज फेसियल हाउसका सञ्चालक प्रकाश कुमार श्रेष्ठले भने, “हामीले तीन वटा शाखाबाट ६५ जनालाई नियमित रोजगार दिएको छौं। हरेक वर्ष हजारौं सौन्दर्य प्रेमीहरूको सुन्दरतामा निखार ल्याउन हामी सफल भएका छौं।”

रश्मिलाज फेसियल हाउसकी अध्यक्ष र वरिष्ठ ब्यूटीशियन रश्मिला श्रेष्ठले कार्यक्रमका क्रममा सबैलाई स्वागत गर्दै नेपालमा नै सौन्दर्य सामग्री उत्पादन र ब्यूटीशियन प्रशिक्षणको शुरुवात गरेको जानकारी दिइन्।

अध्यक्ष रश्मिलाका अनुसार, स्थापना कालदेखि नै यो फेसियल हाउसले महिला र पुरुष ग्राहकहरूको लागि गुणस्तरीय सेवामा प्राथमिकता दिइरहेको छ। यहाँ फेसियल, स्किन मेन्टेन, हाईड्रा फेसियल, हाईफो फेसियल, नेल आर्ट, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, विशेष डिजाइनमा हेयर कटिङ, हेयर कलर, हेयर नानो प्लास्टिया, हेयर बोटक्स, केराटिन ट्रिटमेन्ट, चायाँ पोतो हटाउने, ट्याटु हटाउने जस्ता सेवाहरू प्रदान गरिन्छ।

सम्बन्धित समाचार

सबै