‘रातो घेरा’को छायांकन सकियो, मंसिर १८ गतेदेखि प्रदर्शनमा

0 Shares

काठमाडौं । दयाहाङ राई र मिरुना मगर स्टारर नेपाली फिल्म ‘रातो घेरा–द रेड सर्कल’को छायांकन सम्पन्न भएको छ। सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई कथाको केन्द्रमा राखिएको फिल्मको इन्डक्ल्याप काठमाडौंको बानेश्वरस्थित मण्डला थिएटरमा गरिएको हो।

निर्देशक अनिल बुढा मगरको निर्देशनमा तयार भएको फिल्म सत्य घटनामा आधारित रहेको निर्माण पक्षले जनाएको छ। सामाजिक तथा भावनात्मक विषयवस्तुलाई रहस्यसँग जोडेर प्रस्तुत गरिएको फिल्मले मानवीय सम्बन्धका विविध आयामलाई पर्दामा उतार्ने प्रयास गरेको छ।

फिल्ममा दयाहाङ राई र मिरुना मगरसँगै सुनिल पोखरेल, भोला राज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईं, डी.बी. गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, सुरज तमु, खड्गबहादुर पुन (खबपु), अरुण पुन मगर, सुस्मिता कुँवर, रामबाबु रेग्मी, भावना खपाङ्गी मगर, उमेश सोनम, बिजया पौडेल, सुभाषप्रसाद गजुरेल, सुवास सिंह ठकुरी, सञ्जय कुमार, रमिक सिंह ठकुरी र सुनिल तामाङलगायत कलाकारको अभिनय छ।

जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन निर्माता रहेको फिल्ममा सुमन गुरुङ र खेम राना सह–निर्माता छन्। निर्माण पक्षले विषयवस्तु र प्रस्तुतिका हिसाबले फिल्मलाई नेपाली फिल्ममा फरक स्वाद दिने लक्ष्य राखेको जनाएको छ।

निर्माता जीवन गुरुङका अनुसार सत्य घटनामा आधारित सामाजिक तथा भावनात्मक कथालाई भव्य, कथात्मक रूपमा प्रभावशाली र प्राविधिक रूपमा उच्चस्तरीय बनाउन निर्माणका क्रममा विशेष ध्यान दिइएको छ।

राजु स्याङताङको कथा तथा पटकथा रहेको फिल्मको छायांकन शिशिर बिसंखेले गरेका छन्। मनोज थापा मगर र सागर आलेको संगीत, श्रवण मुकारुङ र शिव हमालका गीत तथा मनोज थापा मगरको पार्श्व संगीत फिल्ममा रहेको छ।

फिल्मका गीतमा सागर आले र शान्तिश्री परियारको स्वर सुन्न सकिनेछ। गीतमा प्रदीप लामा र जुना सुन्दासको अभिनयसमेत रहेको निर्माण पक्षले जनाएको छ। गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका छन्।

जीवन थापाको सम्पादन रहेको फिल्ममा फिरोज खड्का मुख्य सहायक निर्देशक, अनिल दाहाल र सिर्जना भुजेल सहायक निर्देशक तथा सन्देश राई प्रोडक्सन म्यानेजरका रूपमा आबद्ध छन्। जानकी कडायतले कस्ट्युम डिजाइन, विक्रम थापाले मेकअप, कल्पना लिम्बुले हेयर, कृपा खड्गीले आर्ट निर्देशन र रामलाल खड्काले प्रोडक्सन डिजाइन सम्हालेका छन्।

फिल्मको वितरण अधिकार काफिया फिल्म्सले लिएको छ। निर्माण पक्षका अनुसार ‘रातो घेरा–द रेड सर्कल’ आगामी २०८३ मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउन

सम्बन्धित समाचार

सबै