‘बखत्ते’ निर्देशन गर्दै उपेन्द्र सुब्बा, विपिन र मिरुना मुख्य भूमिकामा

0 Shares

काठमाडौं । निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले नयाँ फिल्म ‘बखत्ते’ निर्देशन गर्ने भएका छन्। आशिष तामाङ र प्रदीपजी धामीको निर्माणमा बन्न लागेको फिल्मको शुक्रबार ललितपुरस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ।

आन्भी फिल्म्सको प्रस्तुति तथा कबड्डी फिल्म्सको सहकार्यमा निर्माण हुने ‘बखत्ते’मा सुब्बाकै लेखन रहनेछ। फिल्मको मुख्य भूमिकामा विपिन कार्की र मिरुना मगर रहनेछन्।

फिल्ममा शिशिर वाङ्देल, अनुराग कुँवर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषा किरण अधिकारी, मिस्री थापा, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामालगायतको अभिनय रहने निर्माण पक्षले जनाएको छ।

निर्देशक सुब्बाले लामो समय लिएर ‘बखत्ते’को कथा तयार पारेको बताए। “मैले लामै समय लिएर ‘बखत्ते’ निर्देशन गर्न लागेको छु। यो कथा चाहिँ दर्शकले रुचाउनु हुनेछ भन्ने लागेको छ,” उनले भने, “इमान्दार भएर कथा लेखेको छु, सिनेमा पनि इमान्दार भएर बनाउनेछु। आशा छ, दर्शकले पनि मन पराउनु हुनेछ।”

सुब्बाको पछिल्लो निर्देशित फिल्म ‘जारी २’ हो।

आशिष तामाङ र प्रदीपजी धामी निर्माता रहेको फिल्ममा युवराज काफ्ले कार्यकारी निर्माता तथा अञ्जु पाण्डे र पुष्कर घिमिरे सह–निर्माता छन्।

पुरुषोत्तम प्रधानले छायांकन गर्ने फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गर्नेछन्। साउन्ड डिजाइन उत्तम न्यौपानेको रहनेछ। फिल्मका चीफ आरओमा फिरोज खड्का र किरण चाम्लिङ राई तथा हेड अफ प्रोडक्सनमा दिलीप पन्त छन्। रबिन बखरेल प्रोडक्सन म्यानेजरका रूपमा रहनेछन्।

फिल्ममा शुसान्त गौतम, प्रशान्त सिवाकोटी र समीर खरेलको संगीत रहनेछ। गीत युवराज काफ्ले र दानबहादुर कार्कीले लेख्नेछन्।

मेकअप तथा हेयर स्वस्तिका श्रेष्ठ (स्वस्तिका स्टुडियो)ले हेर्नेछिन्। पोस्टर तथा पब्लिसिटी डिजाइनरमा रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) छन्।

मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनर रहेको ‘बखत्ते’को वितरण काठमाडौंमा एप्पल इन्टरटेनमेन्ट तथा काठमाडौं बाहिर कुबेर सिने डिस्ट्रिब्युसन्सले गर्नेछ।

सम्बन्धित समाचार

सबै