काठमाडौं। सिनेमा ‘ए मेरो हजुर ५’को नियमित छायांकन पशुपतिनाथ मन्दिर क्षेत्रबाट सुरु भएको छ। अभिनेत्री तथा निर्देशक झरना थापाका अनुसार २५ दिनको सेड्युलसहित आजदेखि सिनेमाको नियमित छायांकन थालिएको हो।
यसअघि गत साउन २९ गते निर्माण टिमले ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ प्रस्थान गरेको थियो। त्यहाँ सिनेमाका केही दृश्य छायांकन गरिएको थियो। निर्माण टिमले सुरुमा बडीमालिकाबाटै नियमित छायांकन गर्ने तयारी गरेको थियो।
तर बाजुराका केही स्थानमा दृश्य छायांकन गरेपछि नियमित छायांकन भने पशुपतिबाट सुरु गरिएको निर्देशक थापाले स्पष्ट पारेकी छन्।
झरना थापाकै निर्देशनमा बन्ने सिनेमामा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा देखिनेछन्। अनमोल र सुहानाको यो तेस्रो सहकार्य हो। यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’मा एकसाथ अभिनय गरेका थिए। यी दुई फिल्ममा उनीहरूको जोडीलाई दर्शकले रुचाएका थिए।
अनमोल र सुहानासँगै सिनेमामा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी र आशा भुसाललगायत कलाकारको अभिनय रहनेछ।
‘ए मेरो हजुर’को पहिलो शृंखलामा मुख्य भूमिकामा देखिएकी झरना थापा करिब २५ वर्षपछि पाँचौँ संस्करणमा अभिनय गर्न लागेकी हुन्। उनी पहिलो शृंखलाकै भूमिकामा फर्किन लागेकी हुन् वा नयाँ चरित्रमा देखिन लागेकी हुन् भन्नेबारे निर्माण टिमले खुलाएको छैन।
सिनेमाको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका हुन्। रामजी लामिछानेको कोरियोग्राफी रहने सिनेमाका गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बू तथा टिमको संगीत रहनेछ। संगीत संयोजन उदय राज पौडेलले गर्नेछन्।
सिनेमाका प्रमुख सहायक निर्देशक नवराज शर्मा हुन् भने सहायक निर्देशकको जिम्मेवारी अनिल दाहाल र प्रकाश थापाले सम्हाल्नेछन्। निर्माण सहायकमा रञ्जित कोइराला, कास्टिङ निर्देशकमा पटकथा लेखक सरिन पोखरेल तथा प्रोडक्सन डिजाइनरमा कुमार सिलवाल रहेका छन्।
त्यस्तै पोस्ट-प्रोडक्सन