‘लोक दोहोरी स्टार सिजन २’ असोज ४ देखि प्रसारण हुँदै

0 Shares

काठमाडौं । नेपाली लोकदोहोरीको मौलिकता, संस्कृति र नयाँ प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने सांगीतिक कार्यक्रम ‘लोक दोहोरी स्टार सिजन २’ असोज ४ गतेदेखि टेलिभिजनमा प्रसारण हुने भएको छ।

एभेन्टोज स्टुडियोको आयोजनामा तयार गरिएको कार्यक्रम हरेक आइतबार र सोमबार राति ८ बजे एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुनेछ। कार्यक्रम एभेन्टोज डिजिटलको युट्युब च्यानलमार्फत पनि हेर्न सकिनेछ।

कार्यक्रमको दोस्रो सिजनमा लोकदोहोरी क्षेत्रका कलाकार कोमल ओली, राजु परियार र चन्द्र शर्मा निर्णायकका रूपमा रहेका छन्।

आयोजक यादवबहादुर थापाका अनुसार नयाँ पुस्ताका प्रतिभाशाली गायक–गायिकालाई राष्ट्रियस्तरको मञ्च उपलब्ध गराउँदै नेपाली लोकदोहोरीको मौलिकता र सांस्कृतिक पक्षलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

सम्बन्धित समाचार

सबै