काठमाडौं । अभिनेता तथा टिकटक स्टार पारस बम ठकुरी ‘कुलब्वाय’ ‘सोफा स्टोर’को ब्रान्ड एम्बेसडर बनेका छन्। सोफा स्टोरले उनलाई एक वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो।
जडीबुटीस्थित कम्पनीको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा पारसलाई औपचारिक रूपमा ब्रान्ड एम्बेसडर सार्वजनिक गरिएको थियो।
सो अवसरमा पारसले आफूले प्रवर्द्धन गर्ने ब्रान्ड छनोट गर्दा उत्पादनको गुणस्तरलाई प्राथमिकता दिने बताए। उनले मानव स्वास्थ्य र समाजलाई हानि पुर्याउने उत्पादनको प्रचार नगर्ने आफ्नो नीति रहेको स्पष्ट पारे।
“म सधैँ उच्च गुणस्तर भएका र मानव स्वास्थ्य वा समाजलाई हानि नगर्ने ब्रान्डको मात्र प्रवर्द्धन गर्छु,” उनले भने, “हानिकारक कुराहरूको म कहिल्यै प्रचार गर्दिनँ। सोफा स्टोरको गुणस्तरमा म ढुक्क छु, त्यसैले यो सहकार्यमा बाँधिएको हुँ।”
चाडपर्वको मौसमलाई लक्षित गर्दै पारसले ग्राहकलाई सोफा स्टोरका विभिन्न शाखामा पुगेर फर्निचरका कलेक्सन अवलोकन गर्न आग्रह गरेका छन्।
सोफा स्टोरका सञ्चालक दीपेन्द्र धरेलले पारससँगको सहकार्यले कम्पनीको ब्रान्ड विस्तारमा सहयोग पुग्ने बताए। उनका अनुसार कम्पनीले सुलभ मूल्यमा गुणस्तरीय फर्निचर उपलब्ध गराउँदै आफ्नो शाखा सञ्जाल विस्तार गरिरहेको छ।
“हामी देशकै एउटा उदीयमान व्यवसायका रूपमा अघि बढिरहेका छौँ र पारसजी पनि युवापुस्तामा लोकप्रिय उदीयमान कलाकार हुनुहुन्छ,” धरेलले भने, “यो सहकार्यले हाम्रा सुलभ र गुणस्तरीय उत्पादनहरूलाई देशका कुना–कुनासम्म पुर्याउन ठूलो मद्दत गर्नेछ।”
सोफा स्टोरका अनुसार कम्पनीले सामान्यदेखि लक्जरी श्रेणीसम्मका फर्निचर बिक्री गर्दै आएको छ। आफ्नै कारखानामा उत्पादित फर्निचरसमेत बिक्री गर्दै आएको कम्पनीले जनाएको छ।
कम्पनीका जडीबुटी, महाराजगन्ज, भक्तपुर, चमाती, धनगढी र सुर्खेतमा बिक्री केन्द्र छन्। कम्पनीका अनुसार सोफा स्टोरले हाल करिब १ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।