काठमाडौँ । ‘५औँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड–२०२६’ आगामी असोज २५ गते घटस्थापनाका दिन काठमाडौँस्थित नाचघरमा आयोजना हुने भएको छ। अवार्डका लागि २४ विधामा मनोनयन सार्वजनिक गरिएको छ।
‘सर्जकलाई सम्मान, गुणस्तरीय सिर्जनालाई प्रोत्साहन’ भन्ने नारासहित आयोजना हुँदै आएको अवार्ड क्वालिटी फिल्मस् प्रा.लि.ले आयोजना गर्न लागेको हो।
अवार्डमा गीत–संगीत, म्युजिक भिडियो, गायन, मोडल, निर्देशन, छायांकन, सम्पादन तथा शृङ्गारलगायत विधा समेटिएका छन्। मनोनयन सार्वजनिक भएसँगै खल्ती एपमार्फत भोटिङसमेत सुरु गरिएको आयोजकले जनाएको छ।
क्वालिटी फिल्मस् प्रा.लि.का अध्यक्ष तथा फिल्म एवं म्युजिक भिडियो निर्देशक उमेश गुरुङका अनुसार विजेता छनोटमा निर्णायकको ५० प्रतिशत र भोटिङको ५० प्रतिशत अंक रहनेछ।
आयोजकका अनुसार मनोनयनमा परेका कलाकार तथा सर्जकलाई सम्बन्धित विधामा खल्ती एपमार्फत भोट गर्न सकिनेछ।
२
मनोनयन सूची
१. आधुनिक गीत–गीतकार
- ‘कति रोए’ – मीरा तामाङ
- ‘बाटोमा हिँड्ने बटुवा’ – योक्तुम्बा रामेशराज लिम्बू
- ‘दर्कियो झरी’ – विशाल योञ्जन
- ‘मेरो बाबा’ – ढुण्डीराज ढकाल
- ‘नआइदे याद’ – प्रकाश सुवेदी
- ‘दुनियाँ नै त्याग्न सक्छु’ – पविता गोले
२. आधुनिक गीत–संगीतकार
- ‘हिजो आज’ – निरञ्जन भण्डारी
- ‘अब देश’ – कमल सापकोटा
- ‘माइली’ – श्रीकृष्ण बम मल्ल
- ‘यो मन अल्लारे’ – टीका बम्जन
३. आधुनिक गीत–गायक
- ‘तिमी नै हौ मेरो’ – मनोज योञ्जन
- ‘सधैँ तिमी’ – यम बराल
- ‘ढाँटेको हैन म’ – तिलक बस्नेत
४. आधुनिक गीत–गायिका
- ‘ढाँटेको हैन’ – मेलिना राई
- ‘कति रोएँ’ – मीरा तामाङ
- ‘नआइदे याद’ – अनु चौधरी
- ‘दर्कियो झरी’ – मञ्जिरा लामा
५. आधुनिक गीत–म्युजिक भिडियो मोडल (पुरुष)
- ‘मायालुको घुर्की प्यारो’ – रोशन तामाङ
- ‘सधैँ तिमी’ – प्रवण भुसाल
- ‘ह्याभ यु इभर सुन’ – जीवन विश्वकर्मा
- ‘सागरै तरेर’ – यसराज गराच
६. म्युजिक भिडियो मोडल (महिला)
- ‘काठमाडौंको रानीवन’ – काली तामाङ
- ‘माया मोह’ – सुस्मिता गुरुङ
- ‘बालापनै रमाइलो’ – अन्जु अधिकारी
- ‘सालैजो अजम्बरी’ – अन्जु गुरुङ
- ‘भमरा’ – शीतल तामाङ
७. म्युजिक भिडियो निर्देशक
- ‘टाढाको बाटो’ – मौसम हिमाली
- ‘बाटोमा हिँड्ने’ – राज शुक्र लिम्बू
- ‘गाउँघरे माया’ – दीप गुरुङ
- ‘दिउँला चिनो’ – मिलन श्रेष्ठ
- ‘मायालुको घुर्की प्यारो’ – संगीत सागर
८. लोक तथा दोहोरी गीत–गायक
- ‘टाढाको बाटो’ – सुरज पण्डित
- ‘कलेजी खाई झानो’ – माधव भट्ट
- ‘बालेन सिटी’ – सानु केसी
- ‘लालीगुराँस फुलेको’ – रबी राना
- ‘खोलीको किनारा’ – युस्कल छिनाल
९. लोक तथा दोहोरी गीत–गायिका
- ‘फूलको थुँगा’ – दुर्गा गुरुङ
- ‘सुन्ने भयो डाँडैको’ – संगीता गुरुङ
- ‘गाउँले जीवन’ – शिला गुरुङ
- ‘सोल्टिनी’ – मनमाया वाइबा
- ‘भमरा’ – शान्तिश्री परियार
१०. लोक तथा दोहोरी गीत–गीतकार
- ‘भमरा’ – सूर्य मम्बा तामाङ
- ‘प¥यो जालैमा’ – सुन्दर गुरुङ
- ‘दसैँ तिहारको’ – अमरराज पुन
११. मौलिक गीत–गायक
- ‘जाऊँ न सानु’ – पवन गुरुङ
- ‘ङिला रोधिरी’ – नरेश गुरुङ
- ‘मारा चाँदी’ – दयाराम गुरुङ
- ‘घाँसको भारी’ – धनबहादुर गुरुङ
- ‘सोल्टिनी’ – शुक्र तामाङ
- ‘सम्रै लागि’ – गोपाल दयाल
१२. कौडा गीत–गायक
- ‘सुनका तोला’ – दिपेन पुन
- ‘निरमाया’ – प्रिजङ गुरुङ
- ‘सोल्टिनी’ – सागर गुरुङ
- ‘युके लन्डन’ – दीपक गुरुङ
- ‘झुल्के घाम’ – सुवास गुरुङ
१३. नवप्रतिभा–गायिका
- ‘मेरो भाग्य’ – मन्जु परियार
- ‘पुरौ माया’ – सागर माया जिरेल
- ‘रसुवाको बाढी’ – कान्ति जोशी
- ‘ङोल्स्यो मोयाले’ – निमा तामाङ
१४. म्युजिक भिडियो–नवमोडल (महिला)
- ‘जाले रुमाल’ – अनु घले
- ‘भिजायो फरिया’ – चाँदनी श्रेष्ठ
- ‘भमरा’ – शीतल तामाङ
- ‘इरो मोर मोन’ (भाषाभाषी) – कौशिला राजवंशी
- ‘ङिला रोधिरी’ (भाषाभाषी) – दीपशिखा गुरुङ
१५. म्युजिक भिडियो–नवमोडल (पुरुष)
- ‘लालुपाते फुल्यो’ – सोनाम लामा
- ‘पँधेरीको टुनी’ – अर्जुन गुरुङ
- ‘साइली’ – ईश्वर गुरुङ
- ‘दुःखी मान्छे’ – कृष्ण खत्री
- ‘खाली सिउँदो’ – लक्ष्मण बिसी
१६. तीज गीत–गायक
- ‘नाच पुतली’ – गंगाराम घिमिरे
- ‘भकारीको धान’ – कुलबहादुर ओली
- ‘नाच माया नाच’ – सन्तोष दवाडी
१७. मौलिक म्युजिक भिडियो–पुरुष मोडल
- ‘तितो छ कि गुलियो’ – सन्तोष थापामगर
- ‘बाचा कसम’ – मनोज गुरुङ
- ‘सुनको तोला’ – विजय दोङ
- ‘तिम्रो चिनो गलबन्दी’ – आनन्द गुरुङ
- ‘ङिला रोधिरी’ – कृष गुरुङ
१८. लोक तथा दोहोरी गीत–पुरुष मोडल
- ‘म मर्ने बेला’ – हिमाल घिमिरे
- ‘भमरा’ – आनन्द गुरुङ
- ‘झ्याप्पै’ – सुरेश कोली
- ‘दिउँला चिनो’ – हिराकाजी सेन्चुरी
- ‘रातो किताब’ – लक्ष्मण देवकोटा
१९. मौलिक गीत–गीतकार
- ‘दमौलीमा झर है’ – ओम छिनाल
- ‘कालीगण्डकी बगेको’ – तुलाराम लामिछाने
- ‘अम्लारी फुङ’ – हस्तबहादुर लिम्बाङ
२०. सेलो–गायक
- ‘पोखरेली मैच्याङ’ – धीरेन लामा
- ‘डम्फुको तालमा’ – विकास थापा
- ‘तामाङले बोली फेर्दैन’ – टीका बम्जन
- ‘धर्तीकी परी’ – विक्रम लामा
२१. म्युजिक भिडियो–नृत्य निर्देशक
- ‘साइँलो मो’ – सञ्जु थोकर
- ‘भिजायो फरिया’ – सन्दीप भुजेल
- ‘भमरा’ – जोन राई
- ‘परेवा जोडी’ – सोनम लामा
- ‘सेलोमा धुन’ – कृष्ण रसाल
२२. म्युजिक भिडियो–छायाकार
- ‘हङकङको चिनो’ – राजेश घिमिरे
- ‘मन पराउन थाले’ – दिनेश पराजुली
- ‘दुई दिनको जिन्दगी’ – भूपेन्द्र थापामगर
- ‘ङोल्स्यो मोयाले’ – सञ्जय बुढाथोकी
- ‘भिजायो फरिया’ – ओमप्रसाद प्रसाईं
२३. म्युजिक भिडियो–सम्पादक
- ‘नआइदे याद’ – वीरेन्द्र भाट ‘विपिन’
- ‘दिएर हातैमा’ – रोशन धिताल
- ‘हजुर मेरै मात्रै हो’ – नवीन घर्तीमगर
- ‘हङकङको चिनो’ – मिलन विश्वकर्मा
- ‘निरमाया’ – पदम सुवेदी
२४. म्युजिक भिडियो–शृङ्गार
- ‘गर्मी भयो धरान’ – सोम मगराती
- ‘यही मायाले सारेको’ – राजकुमार गुरुङ
- ‘ङल्स्यो मोयाले’ – सक्षम पुडासैनी
- ‘निङवासुम’ – सुमन मगराती
- ‘मेरो माया पल्टनमा’ – कविता तोलांगी
मनोनयनमा परेका सबै कलाकार तथा सर्जकलाई सम्बन्धित विधामा खल्ती एपमार्फत भोट गर्न सकिने आयोजकले जनाएको छ।