३१ दिनमा सकियो ‘भिडियोटेप’को छायांकन

0 Shares

काठमाडौं । उपासना सिंह ठकुरी र कुन्दन मान शाक्यको मुख्य भूमिका रहेको हरर फिल्म ‘भिडियोटेप’को छायांकन सम्पन्न भएको छ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको फिल्मको छायांकन ३१ दिनमा पूरा गरिएको हो ।

भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा सुरु गरिएको छायांकनका क्रममा फिल्मका केही दृश्य काठमाडौंमा पनि खिचिएको छ । निर्माण पक्षका अनुसार काठमाडौंमा तीन रात छायांकन गरिएको थियो ।

फिल्ममा उपासना र कुन्दनसँगै अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं र सिद्धार्थ सिंहलगायत कलाकारको अभिनय छ ।

वशिष्ट प्रधानले फिल्मको डीओपीको जिम्मेवारी सम्हालेका छन् भने ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर हुन् । ओविद उद्दिनको निर्देशन रहेको फिल्ममा महेश बराल मुख्य सहायक निर्देशक छन् ।

“हामीले निकै मिहिनेतका साथ काम गर्‍यौं । सम्पूर्ण टिमको मेहनतका कारण समयमै छायांकन सकिएको हो,” निर्देशक ओविदले भने ।

आफूलाई पहिलेदेखि नै हरर फिल्म मन पर्ने भएकाले यही जनरामा काम गर्न आकर्षित भएको उनले बताए ।

फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

सम्बन्धित समाचार

सबै