काठमाडौँ — नेपालीहरूको महान् चाड बडादशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै स्मार्टफोन ब्रान्ड टेक्नो (TECNO) ले ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा’ नामक फेस्टिभ क्याम्पेन सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ सम्म देशभर लागू हुने योजनाअन्तर्गत जुनसुकै मोडलको टेक्नो स्मार्टफोन खरिद गर्ने ग्राहकले सुन तथा चाँदीका विभिन्न उपहार जित्ने अवसर पाउनेछन्।
योजनामा सहभागी हुन ग्राहकले नेपालभरका आधिकारिक विक्रेता वा अनलाइन माध्यमबाट टेक्नो स्मार्टफोन खरिद गरेपछि उपलब्ध QR कोड स्क्यान गर्नुपर्नेछ। त्यसपछि खुल्ने वेबसाइटमा आफ्नो नाम, सम्पर्क नम्बर, ठेगाना र खरिद गरिएको फोनको IMEI नम्बर दर्ता गरी योजना सहभागी हुन सकिने कम्पनीले जनाएको छ।
विवरण दर्ता गरेपछि ग्राहकले मोबाइल स्क्रिनमा देखिने डिजिटल स्क्र्याच कुपन स्क्र्याच गर्न सक्नेछन्। भाग्यशाली ग्राहकले तत्कालै ३० हजार रुपैयाँ बराबरको चाँदीको चंगा वा ५ हजार रुपैयाँ बराबरको चाँदीको सिक्का जित्न सक्नेछन्।
डिजिटल स्क्र्याच कुपनमा तत्काल उपहार नपरेका सहभागीसमेत स्वतः बम्पर लक्की ड्रमा समावेश हुनेछन्। क्याम्पेनको अन्त्यमा हुने लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले ५ लाख रुपैयाँ मूल्य बराबरको ‘सुनको चंगा’ जित्ने कम्पनीले जनाएको छ।
टेक्नो नेपाल तथा भारतका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरिजित तालापात्राले चाडपर्वको खुसीलाई थप विशेष बनाउन तथा नेपाली ग्राहकले देखाएको माया र विश्वासप्रति आभार व्यक्त गर्न फेस्टिभ क्याम्पेन ल्याइएको बताएका छन्।
कम्पनीका अनुसार मजबुत बनावट, उत्कृष्ट नेटवर्क, टिकाउ ब्याट्री, सुलभ मूल्य तथा हरेक स्मार्टफोनमा १०० दिनको रिप्लेसमेन्ट ग्यारेन्टीका कारण टेक्नो नेपाली बजारमा लोकप्रिय हुँदै आएको छ।