पाँच दिन अगावै सकियो प्रदिप-सनिशाको ‘शुभ विवाह’

0 Shares

काठमाडौँ । निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘शुभ विवाह’को छायांकन निर्धारित समयभन्दा पाँच दिन अगावै सकिएको छ। ४५ दिनको सेड्युलसहित सुरु गरिएको फिल्मको सम्पूर्ण सुटिङ ४० दिनमै पूरा भएको हो।

निर्माण टिमले ४० दिनअघि पोखराबाट क्यामेरा पूजाअर्चनासहित फिल्मको छायांकन सुरु गरेको थियो। निर्देशक थापाले कलाकार तथा प्राविधिकहरूको निरन्तर मेहनतका कारण निर्धारित समयभन्दा अगावै सुटिङ सकिएको बताए।

प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्। फिल्ममा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यको पनि अभिनय रहेको छ।

सुदर्शन थापा र प्रदीप खड्काले यसअघि ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। सुप्रिया कटुवालको लगानी रहेको फिल्ममा साम भुजेल कार्यकारी निर्माता छन्।

प्रदीप श्रीवास्तवको कथा रहेको फिल्मको पटकथा तथा संवाद रामशरण पाठकले लेखेका हुन्। अर्जुन पोखरेलको संगीत र रेभन आरती सिंहको पाश्र्व संगीत फिल्ममा रहनेछ।

राजेश श्रेष्ठ डीओपी, मिलन श्रेष्ठ सम्पादक, राजेन्द्र मोक्तान कलरिस्ट तथा विक्रम स्वार नृत्य निर्देशकका रूपमा जोडिएका छन्। ट्रेलर सम्पादन साहिल खानले गर्दैछन्।

बसन्त अधिकारी प्रमुख चिफ सह–निर्देशक तथा साजन कट्टेल र प्रार्थना पाठक सह–निर्देशक छन्। मनोज लामा ध्वनि, रोशन दिवाना कला निर्देशन र सुदीप ढकाल प्रोडक्सन म्यानेजरको जिम्मेवारीमा छन्। पब्लिसिटी डिजाइन तथा पोस्टर आनन्द महर्जनले तयार पार्नेछन्।

फिल्म आगामी फागुन २१ गतेदेखि अल नेपाल रिलिज हुनेछ। बुढासुब्बा डिजिटल फिल्मको डिजिटल पार्टनर हो भने भिष्म फिल्मस् र श्री राम बालाजीले वितरण गर्नेछन्।

सम्बन्धित समाचार

सबै