दीपेन्द्र लामा निर्देशित ‘दुखी आत्मा’को जापान अधिकार बिक्रि

0 Shares

दीपेन्द्र लामा निर्देशित सिनेमा  ‘दुखी आत्मा’को फर्स्टलुक सार्वजनिक भएसँगै यो सिनेमाको विदेशी बजारमा ठूलो माग बढेको छ। बुधबार, सिनेमाको जापान वितरण अधिकार बिक्री गरिएको छ।

यूएनए इन्टरटेन्मेन्टले ‘दुखी आत्मा’को जापान प्रदर्शन अधिकार खरिद गरेको हो।

यूएनएका प्रमुख उज्ज्वल गुरागाँइले सिनेमाको जापानमा उच्च माग भएकाले यो अधिकार खरिद गरेको जानकारी दिए। निर्माण टोलीले सिनेमाको अधिकार कति रकममा विक्री गरिएको हो भन्ने कुरा खुलासा भने नगरेको छ।

सिनेमामा प्रमुख कलाकारका रूपमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सिनेमाले नेपालमा फागुन २ गतेदेखि प्रदर्शनमा आउन लागेको छ, र जापानमा पनि त्यही मितिमा रिलिज गरिने यूएनए इन्टरटेन्मेन्टले जनाएको छ।

सिनेमाको कार्यकारी निर्माता सुदिप ढकाल हुन्, र यसमा हिमाल कडरियाको लगानी छ। क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको सिनेमालाई आलोक शुक्लाले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका छन्।

निर्माण टोलीले अन्य देशहरूबाट पनि सिनेमाको माग भइरहेको बताएका छन्। निर्माता हिमाल कडरियाले केही दिनमै अधिकांश देशमा सिनेमाको प्रदर्शन अधिकार बिक्री भइसकेको जानकारी दिएका छन्।

सम्बन्धित समाचार

सबै