‘ऐभेन्जरः एन्डगेम ’ फेरि बन्यो विश्वकै सर्वाधिक कमाउने फिल्म

0 Shares

लस एन्जलस । मार्भलको सुपरहिरो फिल्म ‘ऐभेन्जरः एन्डगेम ले पुनः विश्व बक्स अफिसको शीर्ष स्थान कब्जा गरेको छ। पुनः प्रदर्शन अर्थात् ‘इनकोर’ रिलिजबाट थप कमाइ गर्दै फिल्मले आफ्नो कुल विश्वव्यापी कलेक्सन २.९२ अर्ब डलर पुर्‍याएको छ। यससँगै यसले ‘Avatar’लाई पछि पारेको छ।

‘एन्डगेम’को नयाँ रिलिजले मात्रै करिब १२६ मिलियन डलर थपेको रिपोर्ट छ। यसअघि पनि ‘अवतार’ र ‘एन्डगेम’बीच सर्वाधिक कमाउने फिल्मको रेकर्डका लागि कडा प्रतिस्पर्धा हुँदै आएको थियो।

सम्बन्धित समाचार

सबै