अन्तर्राष्ट्रिय पेजेन्टमा प्राची तोमरलाई चौथो रनरअपको उपाधि

0 Shares

काठमाडौं– नेपालकी प्राची तोमरले मलेसियामा आयोजित ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअपको उपाधि जितेकी छन्। उनले प्रतियोगितामा ‘क्विन अफ एजुकेसन’ को विशेष उपाधिसमेत प्राप्त गरेकी छन्।

हाउस अफ फेसन नेपालका अनुसार प्राचीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै यो सफलता हासिल गरेकी हुन्।

शिक्षा, ज्ञान, व्यक्तिगत विकास तथा महिलाको सशक्तीकरणप्रतिको प्रतिबद्धताको कदर गर्दै उनलाई ‘क्विन अफ एजुकेसन’ को उपाधि प्रदान गरिएको बताइएको छ।

प्रतियोगितामा आत्मविश्वास र शालीनतासहित प्रस्तुत भएकी प्राचीको उपलब्धिलाई नेपाली फेसन तथा पेजेन्ट क्षेत्रका लागि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सफलताका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

सबै