‘टनेल २६’ को रिलिज रोकियो, चार भाषामा विश्वव्यापी प्रदर्शनको तयारी

0 Shares

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’ को असोज २३ (अक्टोबर ९) का लागि तय गरिएको रिलिज स्थगित भएको छ।

नेपाल र भुटानमा प्रदर्शनको तयारीमा रहेको फिल्मले ग्रान्ड प्रिमियरबाट उत्साहजनक प्रतिक्रिया पाएपछि निर्माण टिमले विश्वव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो।

अब फिल्म नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा विभिन्न देशमा प्रदर्शन गरिनेछ। विश्वव्यापी प्रदर्शनका लागि आवश्यक प्रक्रिया पूरा भएपछि नयाँ रिलिज मिति घोषणा गरिने निर्माण टिमले जनाएको छ।

डोर्जिस प्रोडक्सन, रेल्टिक पिक्चर्स र रोलिङ इमेज पिक्चर्सको सहकार्यमा बनेको फिल्मलाई डीडी किन्लेले लेखन, निर्देशन तथा सम्पादन गरेका हुन्। फिल्ममा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन्।

निर्माण टिमले रिलिज स्थगित गर्नुपरेकोमा दर्शक तथा सम्बन्धित सबै पक्षसँग क्षमायाचना गर्दै फिल्मप्रति देखाएको विश्वास र समर्थनका लागि धन्यवाद व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै