काठमाडौं । अभिनेत्री निरुता सिंहलाई अहिलेसम्मकै फरक र गम्भीर भूमिकामा प्रस्तुत गर्दै फिल्म ‘सारथी’को प्रोमो सार्वजनिक गरिएको छ। किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक प्रोमोले फिल्मको कथावस्तुबारे दर्शकमाझ कौतुहलता जगाएको छ।
बच्चाको रोदनबाट सुरु हुने प्रोमोमा निरुता काखमा दुधे बालक बोकेर गम्भीर मुद्रामा देखिएकी छन्। उनको पैतालाबाट रगत बगिरहेको दृश्यले प्रोमोलाई थप रहस्यमय र भावुक बनाएको छ। निरुताको यो अवतारले फिल्ममा उनले निर्वाह गरेको चरित्र र कथाको उतारचढावबारे दर्शकमा चासो बढाउने देखिन्छ।
फिल्ममा निरुतासँगै उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीले अभिनय गरेका छन्।
कुमार गजुरेलको निर्देशनमा बनेको फिल्मको छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो। संकल्प भुजेलले छायांकन गरेको फिल्म किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको हो। तारा थापा ‘किम्भे’ फिल्मका प्रस्तुतकर्ता हुन्।
रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्ममा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता छन्। अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह-निर्माता तथा अमीर केसी लाइन प्रोड्युसर हुन्।
राजु खतिवडा मुख्य सहायक निर्देशक रहेको फिल्ममा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशक छन्। बाबुल गिरी र प्रशान्त शिवाकोटीले संगीत दिएका छन्। आरआर फिल्म्सले वितरण गर्ने फिल्म आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउनेछ।