काठमाडौं । नवीन पन्तको निर्देशनमा बन्ने फिल्म ‘बाकस’को शुभमुहूर्त सम्पन्न भएको छ। ललितपुरस्थित बगलामुखी मन्दिरमा पूजाआजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो।
फिल्मको एउटा आकर्षण अभिनेता भोलाराज सापकोटा र उनकी छोरी सुपला सापकोटाको सहकार्य हुनेछ। ‘बाकस’मार्फत यी बाबुछोरी पहिलोपटक एउटै फिल्ममा सँगै देखिने भएका छन्।
शुभमुहूर्तमा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, सुपला सापकोटा, ध्रुव कोइराला, पुष्कर राउत र विक्रम बुढाथोकीलगायत उपस्थित थिए।
फिल्ममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउबाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवको अभिनय रहनेछ। बाल कलाकार सुपला सापकोटा, सनज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालगायत पनि फिल्ममा रहनेछन्।
सुजिता चौलागाईं निर्माता रहेको फिल्ममा राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माता छन्। धिरेन्द्र पन्त कार्यकारी निर्माता रहेको फिल्ममा महेश पौडेलको छायांकन रहनेछ। कथा तथा निर्देशन नवीन पन्तको हो।
मणि तामाङ मुख्य सहायक निर्देशक रहेको फिल्ममा सावन शर्मा, सिर्जना भुजेल र मनिष चौलागाईं सहायक निर्देशकका रूपमा छन्। किरण दाहालले द्वन्द्व निर्देशन गर्नेछन् भने उर्मिला लामाले शृंगारको जिम्मेवारी सम्हाल्नेछिन्। दीपक शर्मा र सनम पुरुष राईको संगीत तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ।
पीके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन दशैंलगत्तै सुरु गर्ने तयारी छ।