काठमाडौं । ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित फिल्म ‘चिरञ्जीवी भवः’ पोस्ट प्रोडक्सनमा प्रवेश गरेको छ । फिल्मको छायांकन सकिएसँगै निर्माणपक्षले बिहीबारदेखि स्वरकन (डबिङ) सुरु गरेको हो ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको डबिङ अभिनेता हरिवंश आचार्यले आफ्नो संवाद रेकर्ड गराएर सुरु गरेका हुन् ।
निर्देशक आचार्यले फिल्मको निर्माणदेखि पोस्ट प्रोडक्सनसम्म गुणस्तरमा कुनै सम्झौता नगर्ने बताएका छन् । ‘हामीले पोस्टको काम सुरु गरेसँगै स्वरकन गर्न थालेका छौँ,’ उनले भने, ‘हामीले कुनै पनि सम्झौता गरेका छैनौँ । अब पोस्ट प्रोडक्सनको काम पनि मेहनत गरेर गर्नेछौँ ।’
आचार्य निर्देशित अघिल्लो फिल्म ‘परान’ गत वर्ष प्रदर्शनमा आएर व्यावसायिक रूपमा सफल भएको थियो । उक्त सफलतापछि उनको दोस्रो निर्देशकीय फिल्म ‘चिरञ्जीवी भवः’लाई लिएर पनि दर्शकमाझ चासो बढ्ने अपेक्षा गरिएको छ ।
सामाजिक विषयवस्तुमा आधारित फिल्मले दुई पुस्ताबीचको सोच र सम्बन्धलाई केन्द्रमा राखेको छ । पुस्तान्तरण, बदलिँदो विचार र पारिवारिक सम्बन्धका विभिन्न आयाम फिल्मका प्रमुख विषय हुन् ।
फिल्ममा हरिवंश आचार्य, करिस्मा मानन्धर, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । मोडल तथा इन्फ्लुएन्सर प्रशंसाले यही फिल्मबाट अभिनयमा डेब्यु गर्दै छिन् । आशीर्वाद र प्रशंसाको जोडीका रूपमा देखिने वा नदेखिने विषयमा भने निर्माणपक्षले केही खुलाएको छैन ।
यसका अतिरिक्त कमलमणि नेपाल, हरिश निरौला, सुमन कार्की, मिश्री थापा, सरोज अर्याल, दीपकप्रसाद आचार्य, सुवर्ण थापा, गीता अधिकारी, अभयराज बराल, सुस्मिता कुँवर, उमेश बराल, रिस्ता बस्नेत, रुक्मिला अधिकारी, काजल कर्ण र सुरेश थापालगायत कलाकारको अभिनय छ । बाल कलाकारमा यशदीप आचार्य, उस्ना बराल, दिल्लीराम आचार्य र विभूति गौतम छन् ।
कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि फिल्ममा निर्देशक आचार्यसँगै जोडिएका छन् । कट्टेलको कथा रहेको फिल्मको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले लेखेका हुन् ।
उमेशकुमार बराल र चिरन केसी निर्माता तथा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता हुन् ।
फिल्मका गीतमा दीपकप्रसाद आचार्य, रञ्जित गजमेर र हर्क साउदको योगदान रहनेछ । शिवराम श्रेष्ठले छायांकन गरेको फिल्मका सिनेम्याटोग्राफर तथा ग्याफर गोपाल रायमाझी र सम्पादक मित्र डी. गुरुङ हुन् ।
बाबुल गिरी, सुशान्त गौतम, रिकेश गुरुङ र समीर खरेलले संगीत तयार पारेका छन् । गम्भीर विष्ट र किरण थापा नृत्य निर्देशक छन् । रामबाबु खड्का प्रमुख सहायक निर्देशक तथा सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल सहायक निर्देशक हुन् ।
सुवास राज काफ्ले प्रोजेक्ट म्यानेजर र विशाल न्यौपाने प्रोडक्सन डिजाइनर छन् । समीर मियाँ र सत्यम राणा भीएफएक्स, रेनिश फागो कलर ग्रेडिङ, विक्रम गौतम र मन्दिरा सापकोटा मेकअप तथा सञ्जिता ढकाल हेयर स्टाइलिस्टका रूपमा जोडिएका छन् ।
सन्तोष क्षेत्रीले स्टिल तथा बीटीएस, सुजन श्रेष्ठ र आशिष पौडेलले ध्वनि, आशिष पौडेलले पोसाक डिजाइन तथा दीपक राई र सीताराम खतीवडाले ड्रेस स्टाइलिङको जिम्मेवारी सम्हालेका छन् । विष्णुप्रसाद मैनाली र अनिश लामिछाने प्रोडक्सनमा छन् ।
रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर रहेको फिल्मको पब्लिसिटी डिजाइन टाउवा स्टुडियोका विजय बस्यालले गरेका छन् । धनकुटा, सुनसरी र काठमाडौंमा छायांकन गरिएको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो ।
फिल्म आगामी २०८३ माघ १ गते अर्थात् १५ जनवरी २०२७ मा प्रदर्शनमा आउनेछ । आरआर फिल्म्सले फिल्मको देशव्यापी वितरण गर्नेछ ।