‘बाटुलो जून’को गीतमा अनमोल, भुवन र गरिमा

0 Shares

काठमाडौं । अनमोल केसी र प्रिन्सी खतिवडा अभिनीत फिल्म ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक भएको छ । आगामी कात्तिक २६ गते प्रदर्शनमा आउने फिल्मको गीत निर्माण कम्पनी सनराइज पिक्चर्सले शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेको हो ।

फिल्मकै शीर्षक राखिएको गीतको भिडियोमा अनमोल र प्रिन्सीसँगै अभिनेता तथा निर्देशक भुवन केसी र अभिनेत्री गरिमा पन्त पनि देखिएका छन् ।

यसअघि सार्वजनिक प्रचार सामग्रीमा भुवनलाई स्थान दिइए पनि गरिमाको उपस्थितिबारे निर्माणपक्षले जानकारी दिएको थिएन । लामो समयदेखि नेपालबाहिर रहँदै आएकी गरिमा यही फिल्ममार्फत अभिनयमा फर्किएकी हुन् ।

राम अविरल बिष्टको शब्द रहेको गीतमा एसडी योगी र सानु सुनारले स्वर दिएका छन् । संगीत संयोजन एसडी योगीकै हो । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा कलाकारहरूलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ ।

जिया केसी र भविष्य खड्का निर्माता रहेको फिल्ममा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाई, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेललगायत कलाकार छन् । विवेक थापा सहनिर्माता हुन् ।

कृष्ण भण्डारीले सम्पादन गरेको फिल्मको लेखन सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले गरेका हुन् । रोमन बज्राचार्यको पार्श्व संगीत रहेको फिल्ममा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक छन् ।

सम्बन्धित समाचार

सबै