फागुन २१ को तयारीमा ‘शुभ विवाह’, डबिङमा जुटे कलाकार

0 Shares

काठमाडौं । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म ‘शुभ विवाह’को डबिङ कार्य तीव्र पारिएको छ । आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा आउने फिल्मका अभिनेता प्रदीप खड्का, अभिनेत्री सनीशा भट्टराईसहित कलाकारहरू डबिङमा जुटेका छन् ।

सुदर्शन थापाको निर्देशनमा बनेको फिल्मले ‘प्रेम गीत’पछि निर्देशक थापा र अभिनेता खड्कालाई लामो समयपछि एकसाथ ल्याएको छ ।

फिल्ममा प्रदीप र सनीशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय छ ।

प्रियदर्शन फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्मका कार्यकारी निर्माता साम भुजेल हुन् । यसको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकको छ ।

अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ तथा विक्रम स्वाँरको नृत्य निर्देशन फिल्मका प्राविधिक पक्ष हुन् । साहिल खानले ट्रेलर सम्पादन गरेका छन् ।

बुढासुब्बा डिजिटल डिजिटल पार्टनर रहेको फिल्मलाई भीष्म फिल्म्स् र श्री राम बालाजीले वितरण गर्नेछन् ।

 

सम्बन्धित समाचार

सबै